चन्दन कुमार महतो
राैतहट, भदौ १२ गते ।
साेमबार श्रावण महिनाको अन्तिम सोमबारी जून हिन्दूधर्मावलम्बीहरुको एकदमै महत्वपूर्ण दिन, जून खासगरी देवोका देव महादेवलाई खूस पार्नका लागि तथा आफ्नो भाकल अर्थात् मनाेकामना पूरा गर्न विभिन्न तरीकाले पूजा गर्ने चलन सहीत शास्त्रले बताउने गरेका छन ।
सोही क्रममा रौतहट जिल्लाको ईशनाथ औरैयाबाट विभिन्न गाजा बाजाका साथ लालबकैया र भकूआ नदी मिलेको सँग निर जल बोझी गरी ईशनाथ महादेव मन्दिरमा चढाऊने उदेश्यले गईरहेकाे भक्तजन श्रद्धालुहरुलाई नेपाली काँग्रेसका मेयर प्रत्याशी अन्जु झाले प्रत्यक्ष रूपमा भेटी बाटोमा पर्न सक्ने समस्याहरूको बारेमा जानकारी लिईन ।
ईशनाथमा चूनाव आयोगको अनूसार प्रमुख प्रतिपक्षी मा रहनू भयकी श्रीमती झा अहीले धेरै नै लोकप्रिय बन्दै गएको प्रमुख कारणहरू मध्ये समुहगत जन चाहना अनूसार प्राथमीकता साथ काम गर्नू नै एक हो ।
गत वर्ष देखी नै आफू कूनै पनी सार्वजनिक पदमा न भएपनि विकासको काममा पनी अहम भूमिका रहेको स्थानीयहरूले बताए । नगरपालीका विभिन्न वडाहरूमा आफू संघ, प्रदेश र संघसंस्थाबाट वर्षेनी करोडौसम्मको योजनाहरुको काम गराएको स्थानीय वडा अध्यक्षहरूनै बताउँछन् ।
नगरभरीमा पर्ने विभिन्न जातजातीहरूको पहिचान सहीत रहेको मठ मन्दिरहरूलाई प्राथमिकताका साथ निर्माण तथा मर्मत सम्भारका लागि अन्जु झा नगर भरीमा चर्चित भएकी छिन । आफ्नो हाथमा कूनै किसिमको बजेट नभएपनी यत्रो ठूलठूल्ला योजना ल्याई नगरको विकास तर्फ ऊन्मूख रहेकोले टोल, जात जाती, समूदायहरू खूसी हूँदै जादा अन्य राजनीतिक कर्मी चिन्तित छ ।
यही क्रममा वडा नं ३ अन्तर्गत पर्ने लहेरी टोलमा रहेको पटेल समूदायको सम्ये माईको मन्दिर जिर्ण बन्दै गएको छ । सो मन्दिर निर्माणको गराई दिनको लागी स्थानीय टोलको लालू पटेल, सहदेव पटेल, जावाहीर पटेल लगाएत दर्जनौं व्यक्तिहरुले समूहगत रूपमा भनेको थियो ।
सोही अनुसार मन्दीरलाई निरिक्षण गरी के कती खर्च लाग्ने छ भने प्राविधिकसँग सल्लाह गरी आउने कार्तिक महिनामा मन्दिर निर्माण कार्य सुरु हूने झाले बताईन । यो मन्दिरमा यो टोलको सैकडो घर परिवार वर्षेनी आफ्नो धर्म सांस्कृति र मूल्य मान्यता अनूसार पूजा गर्ने चलन रहेको छ ।