
गाैशाला : महोत्तरीको गौशालामा निगौल माध्यमिक विधालयकाे नवनिर्मित भवनको उद्घाटन भएको छ । बुधबार गौशाला नगरपालिका २ स्थित निगाैल माध्यमिक विधालयकाे नवनिर्मित भवनको नगर प्रमुख डा. दिपेन्द्र महतोले विधिवत रुपमा पुजापाठ गरि उद्घाटन गरेकाे हाे ।

नवनिर्मित भवनकाे उद्वाटन कार्यक्रमलाई सम्बाेधन गर्दै मेयर महतोले शैक्षिक सुधारका लागि नगरपालिकाले पहिलो प्राथमिकतामा राखि वजेट विनियोजन गरेको बताए । मेयर महतोले भने, समाज विकासका लागि शिक्षाको विकास हुनु अतिआवश्यक हाे शिक्षा बिनाको समाजको परिकल्पना हामीले गर्न सक्दैनौ । साे लाई मनन गर्दै हामीले शैक्षिक सुधारका लागि अनकौ कार्यहरु गर्दै आएका छौँ । नगरभरिका सामुदायिक विद्यालयमा गुणस्तर रुपमा शैक्षिक सुधारका लागि हामीले बजेट विनियोजन गरि कार्यसम्पादन गर्दै आएका छौ ।’

हाल यहाँ शैक्षिक सुधारका लागि भवन र जनशक्तिको अभाव रहदै आएकोले यसलाई मनन गर्दै नगरले विकासको परिकल्पना गरेको मेयर डा. महतोले बताए ।
विद्यालयका प्रधानाध्यापक जितेन्द्र सिंहका अनुसार विद्यालयमा भौतिक पूर्वाधारको अभावमा कक्षाकोठाभित्र विद्यार्थीलाई कोच्चिएर पढाउनुपर्ने वाध्यता रहेको थियो । अब नगरको सहयोगले नवनिर्मित यस ९ कोठे भवनले शैक्षिक क्रियाकलाप गर्नका लागि विद्यालयलाई राहत प्राप्त भएको प्रधानाध्यापक सिंहले बताए ।
मा.वि. निगौलमा विद्यार्थीहरुको संख्या बढ्दै गएकोले कक्षाकोठाको अभाव भएपछि उक्त विद्यालयलाई व्यवस्थापन गर्नको लागि २ करोड ४८ लाख बजेट नगरबाट विनियोजन गरिएको थियो । सो बजेटबाट निगौल मा.वि. मा नौ कोठे तिन तल्ले भवन तयार भएको छ । भवनको शिलान्यास २०७९ फागुन १० गते मेयर महतोले गरेका थिए ।
भवन निर्माणका काम भगत ग्रुप र बिजय सृजना कन्स्ट्रक्सनलाई टेन्डर परेको थियोे । निर्माण अवधि एक वर्ष भएपनि सात महिनामै संरचना तयार भएकोले विधार्थी, शिक्षक लगायत स्थानीयहरुमा उल्लास छाएको छ ।
वडा नम्बर २ काे अध्यक्ष : श्यामसुन्दर मण्डलकाे अध्यक्षता तथा नगर प्रमुख डा. दिपेन्द्र महताेकाे प्रमुख अतिथिमा, विशिष्ट अतिथि : जसपाका केन्द्रीय सदस्य रमेश कुमार महताे, जसपाका मधेस प्रदेश समिति सदस्य नेत्री राम कुमारी महताे, विभिन्न वडाका वडा अध्यक्ष तथा सदस्यहरु, विभिन्न पार्टीका प्रतिनिधिहरु, विभिन्न विधालयका प्रधानध्यापकहरु, विभिन्न विधालयका व्यवस्थापन समितिका अध्यक्ष तथा प्रतिनिधिहरु, ईलाका प्रहरी कार्यालय गाैशालाका प्रतिनिधि, शस्त्र प्रहरी वेश क्याम्प रामनगरका प्रतिनिधि, समाजसेवी, विधालयका शिक्षक तथा शिक्षिकाहरु, विधार्थीहरु, संचारकर्मी लगायत सर्वसाधारणहरुकाे उपस्थिति रहेको थियोे ।









