
काठमाडौं : भारतमा व्यावसायिक ग्यास सिलिन्डरको मूल्य घटेको छ । नेपालमा ग्याँसको मूल्य प्रति सिलिण्डर दुइ सय ३५ रूपयाँका दरले बढिरहेको बेला भारत सरकारले व्यावसायिक ग्यास सिलिन्डर (१९ केजी) मा १५८ भारतीय रुपैयाँ मूल्य घटाएको हो ।
खाना पकाउने ग्यास (एलपीजी) मा भने भारत सरकारले प्रति सिलिन्डर २ सय भारु घटाएको जनाइएको छ। बुधबार मन्त्रीपरिषद्को बैठकले रक्षा बन्धन पर्वलाई मध्यनजर गरी सो निर्णय गरेको थियो।
अब दिल्लीमा १४.२ किलोको एउटा खाना पकाउने ग्यास सिलिन्डर ९०३ भारतीय रुपियाँ ( १ हजार ४४४ नेपाली रुपैयाँ ) मा उपलब्ध हुनेछ। यता, नेपालमा भने एलपी ग्यासको मूल्यमा प्रति सिलिण्डर दुई सय ३५ रुपैयाँले बढेको छ । :- लोकपाटी न्यूज