नारायणगढ : नारायणी नदीको पुलमा अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना हुँदा भरतपुर महानगरपालिका–२८ का नारायण ढकालको मृत्यु भएको छ ।

शनिबार राति साढे ९ बजेको समयमा भरतपुरबाट गैंडाकोटतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–०१ प २९५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलको साइडको बारमा ठोक्किदा दुर्घटना भएको हाे ।

दुर्घटनामा गम्भिर घाइते भएका २८ वर्षीय ढकालको उपचारको क्रममा चितवन मेडिकल कलेज भरतपुरमा मृत्‍यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार