
गाैशाला : महोत्तरीको कान्तिबजारमा सर्पको टोकाइबाट एक युवकको मृत्यु भएको छ । गौशाला नगरपालिका वडा नं. १२ पुरानो कन्तिबजारमा बस्ने भिखारी ठाकुरको ३८ वर्षीय छोरा विजय ठाकुरको मृत्यु भएको हाे ।
घरमा सुतिरहेको अवस्थामा गएराति ३ बजेतिर सर्पले घाटीमा टोकेको थियो । सर्पले टोकिसके पछि उपचारका लागि बर्दिवास सर्पदन्श उपचार केन्द्रमा लगिएको थियोे ।
बर्दिवास सर्पदन्श उपचार केन्द्रमा लगेपछि उपचारको क्रममा भेन्टिलेटरको आवश्यक परेपछि त्यहाँ एउटै भेन्टिलेटर भएकोले उपचार हुन सकेनन् । त्यसपछि थप उपचारको लागि बर्दिवास जनसेवा हस्पिटलमा रेफर गरियाे । उनलाई बर्दिवास जनसेवा हस्पिटलमा लग्न साथ हस्पिटलले मृत घोषणा गरेका थिए ।