
धनगढी : श्रीलङ्काको केन्डीस्थित पालेकेल अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र भारतविरुद्धको खेल भइरहेको छ ।
उक्त खेलमा बिराट कोहलीको विकेट लिने खेलाडीलाई धनगढीको किशान ट्रेडिङ्गका संचालक शाह नवाज आलमले ५० हजार नगद पुरुस्कार दिने घोषणा गरेका छन् । एसिया कप क्रिकेटको भारतविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ् गरिरहेको छ ।
भारतले टस जितेर पहिले फिल्डिङ् गर्ने निर्णय गरेको हो । पहिलो खेलमा पाकिस्तानसँग हार बेहोरेको नेपाल भारतलाई जित्नैपर्ने दबाबमा छ । भारतसँग पराजित भएमा नेपाल यस पटकको एसिया कपको यात्राबाट बाहिरिने छ । – दिनेश खबर