https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला : महोत्तरीकाे औरही नगरपालिकाको राम जानकी कुटीको सरसफाइ गरिएको छ । औरही नगरपालिका वडा नं २ मा रहेको राम जानकी कुटीमा बजरंग युवा समूह र चिल्ड्रेन ग्लोरी पब्लिक एकाडेमी विधालयमा कक्षा १० मा अध्यनरत बिधार्थीहरु मिलेर आज सरसफाइ गरेको हो ।

लामो समय देखि रामजानकी कुटी परिसरमा सरसफाई नभएपछि मन्दिर परिसर भित्र र वाहिरका झाडी तथा घास सफाई र फोहोर संकलन गरिएका छन् ।

भदौं २० गते परेको कृष्णाष्टमी रहेको हुनाले सो अवसर पारेर सरसफाइ गरिएकको बजरंग युवा समुहका संचालक धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’ र चिल्ड्रेन ग्लोरी पब्लिक एकाडेमी बिद्यालयका शिक्षक कृष्ण प्रसाद गौतमले जानकारी दिए ।

उक्त दिन मन्दिर परिसरमा विभिन्न सांस्कृतिक कार्यक्रम हुने पनि बताइएको छ । रामजानकी कुटीमा कुनै समिति नभएको हुदा मन्दिर परिसर र बाहिर फोहर भएको स्थानीय बिरेन्द्र यादवले बताए ।

सरसफाइ कार्यक्रममा स्थानीय बुद्धिजीवि, केहि राजनीतिकर्मी, व्यापारीवर्ग लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार