https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गौशाला : महोत्तरीको गौशाला नगरपालिकाका वडा नम्बर १० ले यसपल्ट पनि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण आज बाट शुरु गरेको छ । बैंकमा आउजाउ गर्दा अशक्त, ज्येष्ठ नागरिक र अपाङ्गलाई सास्ती भएपछि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको गौशाला नगरपालिका वडा नं. १० का अध्यक्ष विष्णु कुमार महतो (मुकेश)ले बताए ।

विगतमा तत्कालीन गाविसले वितरण गर्दै आएको सामाजिक सुरक्षा भत्तामा दुरुपयोग भयो भनेर सरकारले बैंकमा खाता खोलेर जम्मा गर्ने व्यवस्था मिलाएको थियो । सरकारले भत्ता दुरुपयोग हुनबाट बचाउन र सम्बन्धित व्यक्तिले नै भत्ता रकम पाऊन् भनेर बैंकमा खाता खोल्ने काम गरेको थियो तर यसबाट अशक्त, ज्येष्ठ नागरिक र अपाङ्गले सास्ती भोग्नु परेको पछि बैंक संग सहकार्य गरि बैंकका कर्मचारी, वडाका कर्मचारी, र नगरप्रहरीको सहयोगमा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको वडा सदस्य योगेन्द्र मण्डलले बताए ।

आज (सोमबार) २०० जना ज्येष्ठ नागरिक, एकल महिला, अशक्त नागरिक र बालबालिकाहरुलाई भत्ता वितरण गरेको छ भने मंगलबार, बिहिबार र शुक्रबार समेत वडा कार्यालयबाटै बितरण हुने वडा सचिव भरत साहले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट