https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं : आरती साहले न्याय नपाएको विरोधमा उनका परिवार सहित केही युवाहरूले कपाल मुन्डन गराएका छन् ।

साहकी न्यायको लागि काठमाडौं माइतिघरमा धर्नामा बसेको शनिबार ८५ औं दिन पुग्न लाग्दा पनि सरकार अन्धो र बहिरो भएको भन्दै ११ जनाले कपाल मुन्डन गराएका हुन् ।

हिन्दु धर्मअनुसार मरिसकेको मान्छेको श्राद गर्ने परम्पराअनुसार शुक्रबार बिहान माइतिघरमै परिवार सहित युवाहरूले आफ्नो कपाल मुण्डन गराएका हुन् ।

आरती साहलाई न्यायको माग गर्दै आरतीको परिवार माइतीघर मण्डलामा धर्ना बसेको छ ।

जनकपुरकी २२ वर्षीया दुई महिने गर्भवती साहकी दाइजोको निहुमा हत्या भएको भन्दै आरतीको परिवार विगत दुई महिनाभन्दा धेरै समयदेखि धर्नामा बस्दै आएको छ ।

धनुषाको मिथिला बिहारी नगरपालिका-३ मिथिलेशवर मौवाही घर भई जनकपुरधाम-९ थापा चोकमा रहँदै आएकी साहको दाइजोका कारण उनको हत्या गरिएको माइतीपक्षको आरोप छ ।

साहकी शव उनी सुत्ने कोठामा पासो लगाई झुण्डिएको अवस्थामा गत जेठ ७ गते भेटिएको थियो ।

साहकी माइती पक्षले प्रहरीले पैसाको लेनदेन गरी मुद्दा कमजोर पारेको आरोप लगाएको छ ।

जनकपुरमा न्याय पाउने आश नरहेकाले उनीहरू काठमाडौं आएर धर्ना बसेका हुन् । : देश सञ्चार

प्रतिक्रिया

सम्बन्धित समाचार