
महेश सिंह
सिरहा लहान, भदौ २७ गते ।
सिरहाको बरियारपट्टी गाउँपालिकामा करिब २ दुई महिना देखि प्रमुख प्रशास्किय अधिकृत र गाउँपालिका अध्यक्ष सन्तोष कुमार महतो पालिकाको काम काज छाडेर मन्त्रालय धाउने गरेका छन् । पालिका पुर्ण रूपमा धारासाही बन्दै गरेको स्थानीयहरुले बताउँछन् ।
दैनिकी काम काज गराउन आउने सर्बसाधारण जनतालाई निकै सास्ती खेपिनु परेको छ् । अध्यक्ष सन्तोष महतोले कमिसन र बजेट कुम ल्याउन अधिकृत र लेखा आफ्नो आफ्नो तरीकाको मान्छेलाई ल्याउने गरेका छन् ।
असारमा पेश भएको निति तथा कार्यक्रम अध्यक्षको मनाेमानि प्रवृत्तिकाे कारण बजेट सभामा पेश हुन नसकेकाे स्थानीयको आरोप रहेका छन । प्रत्येक वर्ष आफ्नो मनाेमानि ढंगले बजेट नबनेपछि सभा समयमा नगराउने रबैया रहेकाे गाउँ पालिका अध्यक्ष सन्तोष कुमार यादवको कारण बिगतको आर्थिक वर्षमा समेत भाद्र महिनामा गाउँसभा भएको थियो ।
वर्ष मा ३/४ प्रमुख प्रशासकीय अधिकृत सरुवा गराई मनाेमानि ढंगले सिंगाे गाउँपालिकाको बजेट र कार्यालय प्रमुख बिहिन रहेको देखिन्छ । दुईदिनै मै सरूवा गराई गाउँपालिकाकाे सम्पूर्ण विकास निर्माण, दैनिक प्रशासनिक कामकाज ठप्प हुदाँ सेवाग्राहीहरुलाई सास्ती भईरहेका छन ।
अध्यक्ष महतोले पटक – पटक सरूवा गराएर ल्याएका प्रमुख प्रशासकीय अधिकृत मनाेमानि ढंगले काममा सहयोग नगर्दा २ दिन मै अशोक कुमार सिंहलाई फाल्गुनमा सरूवा गराई अर्का अधिकृत ल्याएर त्यसगरी बैशाख १९ गते अर्को प्रमुख प्रशासकीय अधिकृत रंणजित यादवलाई ल्याए भने यादवले अध्यक्षकाे मनाेमानि ढंगबाट काम नगर्दा निजलाइ कार्यालयकाे कामकाज गर्ने वातावरण समेत असज गर्दा असार भरि लगभग सुस्त गतिमा कार्यालय रहेको स्थानीयले बताए ।
२ महिना रणजित यादवलाई नहुदै पुन: अर्को अधिकृतकाे लागि मन्त्रालयमा धाइरहेका अध्यक्ष महतो पुनः मन्त्रालयले उनकाे सिफारिस भन्दा अध्यक्षले नै विगतमा काम गरएकाे अधिकृत सरूवा हुदाँ हाल सरूवा भइ आउन लागेकाे अधिकृतकाे सरूवा बदर गर्न १० दिनदेखि कार्यालयका सम्पूर्ण कामकाज ठप्प राखि मन्त्रालय धाईरहेका छन ।
३/४ काे भरमा असार मसान्तसम्म चलेका कार्यालय हाल कार्यालय प्रमुखको अभावमा दैनिक चिठी पत्र, सिफारिस र गत आर्थिक वर्षको अन्तिम लेखापरीक्षण समेत हुन नसकेको स्थानीयको गुनासो रहेका छन् । महिनामा ३ पटक कार्यपालिकाकाे बैठक बस्नुपर्ने निजकाे ईच्छाकाे बन्धक रहेकाे कार्यालय कहिले महिनामा १ पटक कार्यपालिकाकाे बैठक नबस्ने र कहिले १ दिन ४ बैठक बस्ने रबैया समेत रहेकाे देखिएका छन् ।