https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला : महाेत्तरीकाे गाैशाला नगरपालिका १२ कान्तिबजारमा मा.वि.मा १९ वर्षपछि स्थायी मा.वि.का शिक्षक प्र.अ. मा नियुक्त भएको छ । कान्तिबजारमा राष्ट्रिय प्राथमिक विधालयबाट स्तर उन्नति भए माध्यमिक विधालय भएको १९ वर्षपछि स्थायी मा.वि. का शिक्षक राम स्नेही यादव प्रधानध्यापकमा नियुक्ति भएको हाे ।

शुक्रबार विधालयले आयोजना गरेको ५९ औं राष्ट्रिय बाल दिवस तथा नवनिर्मित २ काेठे भवन उद्वाटन कार्यक्रममा नियमित प्र.अ. महाबिर सिंहले प्र.अ. का आफ्नो पदभार राम स्नेही यादवलाई जिम्मेवारी दिएका छन् । साथै नवनियुक्त प्र.अ. यादवलाई कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख : डा. दिपेन्द्र महताेले सपत्त ग्रहण गराएका हुन ।

२०६१ सालमा मा.वि. भएका विधालयमा प्रा.वि. का स्थायी तथा नि.मा.वि. र मा.वि. अस्थायी शिक्षकहरुले प्रधानध्यापकका जिम्मेवारी पाए अहिलेसम्म कार्यहरू गर्दै आईरहेका वडा अध्यक्ष कुशेश्वर सिंहले जनाए ।

२०३६ सालमा गाउँलेहरुकाे सहयोगमा विधालयकाे स्थापना गरिएको थियोे । यस क्षेत्रका उखु कृषकहरूसँग चन्दा बापत उखुबाट प्रति क्विन्टल ५० पैसाको दरले चन्दा संकलन गरि विधालयलाई विस्तारै कक्षाकोठा थप्दै अपग्रेड गरेका थिए । भन्ने २०६१ सालमा कक्षा १० सम्म संचालनमा आएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट