
गाैशाला : महोत्तरीको कान्तिबजारमा राष्ट्रिय माध्यमिक विधालयकाे नवनिर्मित दुईकाेठे भवनको उद्घाटन भएको छ । गौशाला नगरपालिका १२ स्थित कान्तिबजारमा राष्ट्रिय माध्यमिक विधालयकाे नवनिर्मित दुईकाेठे भवनको नगर प्रमुख डा. दिपेन्द्र महतोले उद्घाटन गरेकाे हाे ।
उद्वाटन कार्यक्रमलाई सम्बाेधन गर्दै नगर प्रमुख महताेले विधालय विदियाकाे मन्दिर हाे, मन्दिरभित्र कसैलाई राजनीति नगर्न आग्रह गरेका छन् । साथै विधालयलाई अगाडि बढाउन समाजले सधै सहयोग गर्नुपर्छ भाैतिक पुर्वाधार काम हाेस आ शिक्षामा स्तर उन्नतिकाे काम हाेस नगरले एकलै चाहेर हुँदैन समाजलाई पनि अहम भुमिका खेल्नुपर्छ प्रमुख महताेले बताउनुभयो ।
शुक्रबार विधालयले ५९ औं राष्ट्रिय बाल दिवस तथा नवनिर्मित २ काेठे भवन उद्वाटन कार्यक्रमकाे आयोजना गरेको थियोे । बाल दिवसको उपलक्ष्यमा विधालयले बाल अधिकार सम्बन्धि वक्तृत्वकला प्रतियोगिता समेत गरेका थिए ।
राष्ट्रिय मा.वि. कान्तिबजारमा विद्यार्थीहरुको संख्या बढ्दै गएकोले कक्षाकोठाको अभाव भएपछि पठनपाठनमा समस्या भईरहेकाेले उक्त विद्यालयलाई व्यवस्थापन गर्नको लागि २७ लाख बजेट नगरबाट विनियोजन गरिएको थियो । सो बजेटबाट राष्ट्रिय मा.वि. मा दुई कोठे भवन तयार भएको छ । भवन तयार भएपछि विधार्थी, शिक्षक लगायत स्थानीयहरु खुसी देखिएका छन् ।
विधालय व्यवस्थापन समितिका अध्यक्ष : दिनेश महताेकाे अध्यक्षता तथा नगर प्रमुख डा. दिपेन्द्र महताेकाे प्रमुख अतिथिमा, विशिष्ट अतिथि वडा अध्यक्ष : कुशेश्वर सिंह, वडा नं. ११ का अध्यक्ष रामपृत महताे, नगर शिक्षा समितिका सदस्य रमेश महताे, कुमरकान्त झा, वडा सदस्यहरु, विभिन्न पार्टीका प्रतिनिधिहरु, विभिन्न विधालयका प्रधानध्यापकहरु, समाजसेवी, विधालयका शिक्षक तथा शिक्षिकाहरु, विधार्थीहरु, संचारकर्मी लगायत सर्वसाधारणहरुकाे उपस्थिति रहेको थियोे ।






