महेश सिंह
सिरहा लहान, भदाै २९ गते ।
प्रादेशिक अस्पताल लहानका मेसु डा.सुनिल कुशवाहालाई स्थानीय दर्जनौं एम्बुलेन्स चालकले सामुहिक समस्या लिएर अफिसर समयमा कार्य कक्षमा भेट्न जादा चालकहरुको समस्या हुन् नचाहेकोले चालकहरुको समुहले मेसु डाक्टर शुनिल कुशवाहा माथी आक्रोशीत भएका थिए ।
डाक्टर मेसु प्रत्यक्ष रूपमा चालकहरुसंग कुरा गर्न र भेट्न नचाहेको मन्साईले कार्यालय सहयोगी रबिन्द्र महतो मार्फद सोमबारको समय बैठक बस्ने समय दिएको सुनाए । मिटीङ्ग सभाहलबाट डाक्टर कुशवाहालाई पटकपटक फोनमा सम्पर्क गर्न खोजदा फोन रिसिभ गरेनन् आरोप लगाएका छन् ।
अस्पतालले केहि कर्मचारी पदपुर्तिका लागी करार / ज्यालादारी कर्मचारी आवश्यकता समिति सुचना प्रथम पटक २०७७ /११/ ०५ गते सूचना प्रकाशित गरेका थिए ।
कर्मचारी भर्ना गर्ने नेपाल सरकारको सबै प्रक्रिया पुरागरी २०७७-१२- ६ गते चालक पदका लागी उतिर्ण उमेदवार र बैकल्पिक उमेदवारको नाम सार्बजनिक गरेका थिए ।
प्रत्यक्ष तर्फ सुनिल मेहता, प्रमेश्वर महतो, बैकल्पिकमा प्रमेश्वर महतो दर्ता नम्बर १९ ओम प्रकाश् महतोको नाम सार्बजनिक गरेका थिए ।
सबै प्रक्रिया पुरा गरी १ नम्बरमा उतिर्ण भएका सप्तरीको ८ बैरियाको सुनिल कुमार मेहता र लहान ३ बस्ने प्रमेश्वर महतोलाई छनोट गरी काममा लगाउने गरेका छन् ।मेहतालाई केहि महिना काममा लगाई कार्यको लागी अयोग्य हो भने अभियोग लगाएर कामबाट हटाइएको खुलनमा आएको बताए । नेपाल सरकारको कानुन अनुसार माथीको उमेदवार पहचात बैकल्पिक उमेदवारलाई मौका दिनुपर्ने कानुनी प्रबधान रहेको छ् ।
अस्पतालले कानूनी प्रक्रियालाई लतियाउदै कानुनी भर्ना प्रक्रियालाई अटेर गर्दै मेसु डाक्टर शुनिल कुशवाहाले बाहिरी चालक साईनोमा भान्जा पर्ने आन्न्द कुमार महतोलाई अबैध तरिकाले भर्ना गरेको खुलासा भएको स्थानीय चालकहरुको एक समूहले आरोप लगाएका छन् ।
सोही विषयलाई लिएर प्रमुख डाक्टर कुशवाहालाई भेट्न् गएको चालकहरुको एक समुहले भेट्न् नचाहेको र अस्पतालमै लुकेर बस्ने गरेको र अस्पतालका म्यानेजर धनोज साह र कार्यालय सहयोगी रबिन्द्र महतो मार्फत आज भेट्दैन्न सोमबारको भेट्ने समय दिएको बताए । अबैध तरिकाले भर्ना गरेकोले तत्काल सरोकारवालाले छानबिन गरेकी कानुनी कार्वाही गर्न ध्यानाकर्षण गराएका छन् ।