https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद शाह
बिरगंज, भदौ ३० गते ।
मिति २०८० भदौ २६ गते प्रहार डेलीका सञ्चालक एवं नेपाल प्रेस युनियन मधेस प्रदेश समितिका लेखा समिति सदस्य राहुल गुप्तालाई समाचार लेखे के कारण परवानीपुर गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष रामेश्वर कलवारको छोरा जयप्रकाश भन्ने रुपेश गुप्ताले सामाजिक सञ्जाल र फोन मार्फत डर, धम्की र नानाथरिका गाली गलौज गर्दै ज्यान मार्ने सम्मको धम्की दिएको घटनाप्रति नेपाल प्रेस युनियन मधेस प्रदेश समितिको गम्भिर ध्यानाकर्षण भएको छ ।

पत्रकार गुप्ताले २०८० साल भदौ २४ गते बाराको परवानीपुर गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष रामेश्वर कलवारले स्थानिय माथि हातपात तथा दुर्व्यवहार गरेको समाचार प्रकाशन गरेका थिए । सोही समाचारको निहु बनाएर जय प्रकाश भन्ने रुपेश गुप्ताले मेरो बुवाको बारेमा समाचार किन लेखेको हो भन्दै मेरो फेसबुकको
मैसेन्जर र मोबाइल नं ९८५५०३२९३९ बाट फोन गरि नानाथरिका गाली गलौज गर्दै धम्की दिएको प्रति घटनामा
संलग्न दोषीलाई तत्काल पक्राउ गरी कानुनी कार्वाही अगाडि बढाउन स्थानीय प्रशासन तथा सुरक्षा निकायलाई यसै प्रेस विज्ञप्ति मार्फत नेपाल प्रेस युनियन मधेश प्रदेश समिति का महासचिव अजय कुमार साहले ध्यानाकर्षण गराएका छन ।

सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति असहमति भए वा चित्त नबुझे त्यसको खण्डन गर्ने र त्यसविरुद्ध कानूनी उपचार खोज्ने प्रावधान हुँदाहुँदै समाचार लेखेकै कारण पत्रकारमाथि गालीगलौज गर्नु अपशब्द प्रयोग गर्ने र ज्यान
मार्ने सम्मको धम्की दिएको घटना लोकतान्त्रिक शासन व्यवस्थामा प्रेस स्वतन्त्रता विरोधी कार्य हुन् । तसर्थ यी घटनाको नेपाल प्रेस युनियन मधेस प्रदेश समिति खेद प्रकट गरको छ ।

आगामी दिनमा पत्रकारलाई स्वतन्त्रतापूर्वक भयरहित र सुरक्षित रूपमा कलम चलाउने वातावरणमाथि कुनै पनि
आंच आउने गतिविधिहरु नगर्न र प्रेस स्वतन्त्रताको पूर्ण सम्मान गर्न हामी सम्बन्धित सबैमा हार्दिक अपिल गरेकोछ ।

साथै घटनामा संलग्नहरुमाथि आवश्यक कारवाही र पत्रकार गुप्ताको सुरक्षाप्रति संवेदनशील बन्न स्थानीय प्रशासन तथा सुरक्षा निकायसंग माग नेपाल प्रेस युनियन मधेश प्रदेश समिति ले माग गरेकोछ ।

साथै पत्रकार गुप्ता ले मिति २०८० भदौ २६ गते जिल्ला प्रशासन कार्यालय पर्सा मार्फत निवेदन दर्ता गराइ जिल्ला प्रहरी कार्यालय पर्सा बाट जिल्ला प्रहरी कार्यालय बारा को लागी पत्रचार गरि त्याहा बाट उपस्थिति गराउनको लागि बुनियाद चौजिको नाउँमा पत्र लयाइ चौकिमा बुझाएको ५ दिन भएतापनि पक्राउ गरि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको छैन। साथै जिल्ला प्रहरी कार्यालय पर्सामा यहि भदौ २७ गते उजुरी दर्ता गराए पनि पक्राउ हुन नसकेको पत्रकार राहुल गुप्ताले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार