https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

महेश सिंह
सिरहा लहान, भदौ ३१ गते । 
सिरहाको धनगढीमाई नगरपालिकाको नयनपुर अस्पतालमा कार्यरत नेपाल सरकारको थाई कर्मचारी जनस्वास्थ निरिक्षक स्वास्थकर्मी सलिना कुमारी महतोलाई स्वास्थय शाखा प्रमुख बिशेश्वर प्रसाद यादवले स्वास्थय सेवा सरुवा ऐन नियमावलीमा २ वर्षसम्मको बच्चा रहेको महिला कर्मचारीलाई २ वर्ष भित्र सहमति बिना सरुवा वा काज सरुवा गर्न नमिलने व्यवस्था ऎनमा प्रष्ट पारेका छन् ।

स्वास्थय शाखा प्रमुख बिशेश्वर प्रसाद यादवले स्वास्थयकर्मी महतोलाई २०७९ भदौ ६ गते दुधे बच्चा अर्थात सानो बच्चा रहेकै परिस्थितिमा बिना सहमतिको हनुमाननगर स्वास्थय चौकीमा काज फिर्ता गरी काम गरी रहदा पुनः सरुवा गरेको हो । राजनीति पुर्वाग्रह भइ गलत मन्साईले पटकपटक सरुवा गर्न लागेका छन् । काखे बच्चालिए अप्ठ्यारो हुने र टाडा हुने स्वास्थय संस्थामा सरुवा गर्ने गरेका स्वास्थयकर्मी सलिना कुमारी महतोले आरोप लगाएका छन् ।

पटकपटक ऐन बिपरित कार्य गर्दै आएको पीडित महतोले आरोप लगाएका छन् । महिला भएर आफुलाई हेला र अपमान गर्ने गरेको छ् । स्वास्थय शखा प्रमुख बिशेश्वर प्रसाद यादव, राम शंकर चौधरी, रामबिलास चौधरी लगायतका स्वास्थ्यकर्मीहरुले सलिना कुमारी महतोले आफुलाई पटकपटक मानसिक तनाव दिने र दुर्ववहार गर्ने गरेको बताए । स्वास्थय शखा जस्तो संस्थाको प्रमुख भएर यस्तो किसिमको महिला माथि दुर्ववहार गर्नु न्यायोचित नरहेको देखिन्छ ।

यस्तो दुर्ववहार गर्ने प्रमुख लगायतका अपमान गर्ने गिरोहलाई छानबिन गरी कानुनी कार्वाहीको लागी पीडित महिलाले जिल्ला प्रशासन कार्यालय सिरहामा गुहार गरेका छन् । पीडित महिला न्यायका लागि धनगढीमाई नगरपालिकाको नगर प्रमुख शिवशंकर महतो, उप-प्रमुख संगिता चौधरी, प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद वगाले समेत लिखित रूपमा न्यायको लागी निवेदन पेस गरेपनि कुनै चासो सुनवाइ नलिएको पीडित हरेस खाएर एक हप्ता धर्ना र अहिले कार्यालयमा अन्सनमा बसेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट