https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

सुर्खेत : कर्णाली प्रदेश अस्पताल सुर्खेतमा एक सुत्केरीको ज्यान गएको छ । बिरेन्द्रनगर–४ की ३० वर्षीया जानकी रेग्मी अधिकारीको सुत्केरी भएको २४ घण्टा नबित्दै मृत्यु भएको हो ।

मृतकका ससुरा तिलकराम अधिकारीका अनुसार सुत्केरी व्यथाले च्यापेपछि अस्पताल भर्ना भएकी जानकीको नियमित डाक्टरको निगरानीमा रही शल्यक्रियापश्चात जनरल वार्डमा सारिएको २४ घण्टापछि मृत्यु भएको हो ।

प्रदेश अस्पताललाई पछिल्लो समय प्रदेशकै सुविधा सम्पन्न अस्पतालका रूपमा लिने गरिन्छ । तर, सामान्य अवस्थामा शल्यक्रियामार्फत सुत्केरी गराइएकी जानकीको मृत्यु हुनुमा अस्पतालको गम्भीर लापर्बाही भएको परिवारले आरोप लगाएका छन् ।

अधिकारीले भने, ‘सकुशल बच्चा जन्मिएपछि सुत्केरीलाई केही समस्या नहोस् भनेर डाक्टरको निगरानीमा राखेर वार्डमा उपचार गर्ने प्रचलन छ । तर, वार्डमा भर्ना भएको २४ घण्टामा मृत्युको खबर आयो ।’ परिवारले अस्पतालको लापर्बाहीले जानकीको मुत्यु भएको दाबी गरिरहँदा अस्पतालले भने मृत्युको कारण खुलाएको छैन ।

अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले जानकीको शल्यक्रियापश्चात वार्डमा सारेर उपचार भइरहेको अवस्थामा एक्कासि सास फेर्न गारो भएपछि सघन कक्षमा राखी उपचार गर्ने क्रममा मृत्यु भएको बताए । पोष्टमार्टमपछि मात्रै मृत्युको कारण खुल्ने सूचना अधिकारी बस्नेतले बताए । :- शिलापत्र

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट