जनकपुरधाम : मधेस प्रदेशको राजधानी जनकपुरमा निर्माण जन्य सामाग्रीहरुको परिक्षण प्रयोगशाला स्थापना भएका छन् ।
विश्वकर्मा पुजाको अवसरमा अर्थात असोज १ गते जनकपुर उपमहानगरपालिकाका मेयर मनोज कुमार साहको प्रमुख आतिथ्य, संघीय आयोजना प्रमुख प्रदीप खनाल र नेपाल इन्जिनियरिङ्ग एसोसिएसन मधेश प्रदेशका सभापति इन्जिनियर गौरी पण्डितको विशेष उपस्थतिमा मधेश प्रदेशको राजधानीमा निर्माण जन्य सामग्रीहरुको परिक्षणका लागि प्रयोगशाला “इन्जिनियर मेटेरियल टेस्टीङ्ग लेबोलेट्री तथा ल्याब रिसर्च सेन्टर” समुद्घाटन सु-सम्पन्न भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका-८ रामानन्द चोक आँखा अस्पताल देखि २ सय मिटर अगाडि कुर्था जानेमा स्थापित ल्याबले मधेश प्रदेशमा निर्माण हुने भवन निर्माण, बाटोघाटो तथा पुल निर्माण सामाग्रीहरुको परिक्षण लगायतको मापदण्ड तथा गुणस्तरमा सुधार ल्याउने विश्वास लिएको रिसर्च सेन्टरका संचालक इन्जिनियर राहुल कापरले जानकारी दिएको छ ।

