भरतपुर : नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर एउटै घरका दुई जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासीका गैँडाकोट नगरपालिका वडा नं. ७ गैरी घर भएका सुमन कुमालका छोराहरु १४ वर्षीय सविन कुमाल र ९ वर्षीय सङ्गम कुमाल रहेका छन ।
इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक हस्तबहादुर सुनारका अनुसार सविनलाई दिउँसो ३ः२० बजे र सङ्गमलाई दिउँसो ३ः५० बजे अस्पतालले मृत घोषणा गरेका थिए ।