https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद शाह
बारा, असाेज २ गते ।  
सिम्रौनगढका उर्जावान, निकै नाम कमायका युवा, समाजिक अभियानता एव राजनितिक सुझबुझ र आई.टि आर्मीको केन्द्रिय सदस्य एव बारा जिल्ला इन्चार्ज समेत रहेको शनि गुप्ताले सिम्रौनगढमा पुनः सिम्रौनगढको कुल देवीको रुपमा तलेजु भवानी स्थापित गर्नु पर्छ भन्ने मुद्दा उठाएका छन् ।

सिम्रौनगढ़ हाल मधेश प्रदेशको बारा जिल्लाको दक्षिण भु-भागमा पर्दछ । जिल्ला सदरमुकाम कलैयाबाट १८ कि.मी. दक्षिण-पूर्व अवस्थितका हाल सिम्रोनगढ नगरपालिका कायम रहेको छ ।

इटालियन पुरात्वबिदले सन ९० को दशकमा उत्खन्न गरि खोज अनुसंधान अनुसार सिम्रौनगढमा मानव बस्तीको इतिहास १८०० वर्ष अघि सम्म जान्छ । यस पछि  ११ औँ सताब्दीको तिर दक्षिण भारतिय चोलू राजाहरुको बाहुलता थियो । सो क्रममा तिनिहरूको सेनापति नान्यदेवद्वारा छुट्टै  स्वतंत्र राज्यको स्थापना गरियो जो तत्कालीन तिर्हुत  राज्यको नामबाट प्रचलित हुन पुग्यो । ई.स १०९७ मा स्थापित यस राज्यको राजधानी सिम्रौनगढ  थियो ।

नान्यदेव ले राज्य स्थापीत सँगै राज्यको कुलदेवी (देवता) को रूप यव्य मंदिर निर्माण गरि तलेजु भवानी लाई स्थापित गरयो।  १०९७  मा राजा नान्यदेव हुदै गंगा देव, नरशिह देव, रामसिह देव, शक्तिसिह देव र हरिसिंह देवको पालामा सन १३२६ तिर दिल्ली सल्तनत्का ग्यासुदिन  तुगलकले सिम्रौनगढ माथी आक्रमण गर्नु अगावय सिम्रौनगढको अन्तिम राजा हरिसिंह देव आफ्ना नजिकका दरबारका सदस्यहरु संगै कुल देवी तलेजु भवानि लाई लिएर काठमान्डौ उपत्यकामा छिर्नु भयो र कुल देवी लाई  स्थापीत राजा हरिसिंहले गर्नु भयो त्यस पछि तलेजु भवानि नेवा समुदायको देवी बन्न पुगिन ।

सिम्रौनगढ राजनिति राज्य र केहि व्यक्तीहरुको षड्यन्त्रमा फसेको छ, त्यसैको परिणाम हो कि आजसम्म सिम्रौनगढको यो दुरदशा र इतिहास वोझेल्मा परेको छ । यसलाई चिरेर सिम्रौनगढ बासी अब्ब उठनु पर्छ भनि सनि गुप्ताले बताएका छन् ।

इतिहास दोहराउन र इतिहासलाई उजागर गर्नका निम्ति भएपनि सिम्रोनगढ़को इतिहास छ त्यसलाई साक्षि र केन्द्रमा राखि सिम्रौनगढ नगरपालिकाको कर्तव्य हो र  राज्यले सो सापेक्ष सहयोग गर्न आवश्यक छ । सिम्रौनगढको मानसमान र गौरव गर्नका निम्ती एउटा भब्य मन्दिर बनाई तलेजु भवानीलाई पुनः स्थापित गर्नुपर्ने सनि गुप्ताको माग रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट