
बरहथवा : सर्लाहीको बरहथवा बजारको विकास सम्बन्धि सर्वदलीय छलफल गरिएको छ । बरहथवा बजारका ब्यापारीको आयोजनामा मंगलबार बरहथवा-७ स्थित दास धर्मशालामा कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेशका अर्थमन्त्री संजय कुमार यादव, बरहथवा नगरपालिका नगर उप प्रमुख रामबाबु साह, पुर्व नगर प्रमुख देवानन्द महतो, विभिन्न वडाका वडा अध्यक्ष, शिक्षक,ब्यापारी,किसान, समाजसेवी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागीहरुले बरहथवाको शिक्षा, स्वास्थ्य, पुर्वाधार, कृषि, खेलकुद लगायतका विकासको लागि आआफ्ना प्रस्ताव तथा बिचार र सल्लाह सुझाव राखेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले सहभागीहरुबाट आएका प्रस्ताव र सल्लाह सुझावलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।


