खगेन्द्र कार्की
फत्तेपुर, असाेज ३ गते ।
आठौं संविधान दिवसको अवसरमा सप्तरीको सप्तकोसी नगरपालिका फतेपुरमा सप्तकोसी नगरस्तरिय ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरि मनाइएको छ ।
जिल्ला ब्याडमिन्टन संघ सप्तरी, लालिमा यातायात प्रा.लि. र स्थानीय खेलाडीहरुको आर्थिक सहयोगमा न्यु त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुरद्वारा संचालित प्रतियोगिताको उद्घाटन असोज ३ गते सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद ढकाले गरेका थिए ।
संविधान दिवसको अवसरमा संचालित प्रतियोगितामा सप्तकोसी नगरपालिकाका १३ जोडी खेलाडीहरुकाे सहभागीता रहेको थियोे । प्रतियोगिताको फाइनल खेलमा डिभिजन ए तर्फ दिपक कुमार खडका र इन्द्र राइको जोडीले अमर खवास र नवराज खत्रीको जोडीलाई २-१ सेटको अन्तरमा २१-१७, २१-१५ र २२-२४ को अन्तरले पराजित गर्दै प्रथम भएका थिए । भने अमर खवास र नवराज खत्रीको जोडी दोस्रो भएका छ्न ।
डिभिजन B तर्फ अजय श्रेष्ठ र आर्यन खडकाको जोडीले शम्शेर खडका र अरुण कटवालको जोडीलाई २१-१९, २१-१४ को सेटमा पराजित गर्दै प्रथम स्थान हासिल गरेका छ्न । शम्शेर खडका र अरुण कटुवालको जोडी दोस्रो भएका छ्न ।
प्रतियोगितामा बिजेता उपबिजेता खेलाडीहरुलाई जिल्ला ब्याडमिन्टन संघ सप्तरीका अध्यक्ष दिपक कार्कीले मेडल वितरण गरेका आयोजक क्लबका अध्यक्ष अजय श्रेष्ठले जानकारी दिए । प्रतियोगिता संचालन गर्न लालिमा यातायात प्रा.लि. ले ४० थान टिसर्ट प्रधान गरि सहयोग गरेको आयोजकले जनाएको छ ।