https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

चन्दन महताे 
राैतहट, असाेज ५ गते । 
दुई हप्ता अघि रौतहट जिल्लाको प्रादेशिक अस्पताल गौरले आन्द्रा फुटेको बिरामीलाई पहिलो पटक शल्यक्रिया सफलतापूर्वक गरिएकाे थियाे, आज डिस्चार्ज गरेर आफ्नो घर पठाएका छन् ।

प्रादेशिक अस्पताल गौरमा दुई हप्ता अगाडि डा. फिरोज अंजुम र डा.उज्जवल ठाकुरको टिमद्वारा लैपरोटॉमी को अप्रेसन सफलता पूर्वक गरेको थियो । राजदेवी नगरपालिका वडा नं १ पाथारा निवासी रुपन यादवको पुरा आन्द्रा फुटेकाेलाई डा.फिरोज अंजुम र डा.उज्जवल ठाकुरको टिमद्वारा लैपरोटॉमीको अप्रेसन सफलता पुर्वक गरेको थियो ।

जहिले देखि प्रादेशिक अस्पताल गौरको व्यवस्थापक समितिको अध्यक्ष मोहम्मद अनवर हाशमी बन्नुभयो त्यो दिन देखि प्रादेशिक अस्पतालमा सबै बिमारीहरुको राम्रो उपचार भईरहेको सर्वसाधारणहरुले बताए ।

अध्यक्ष हाशमीले भने एति मात्र होइन अझै हाम्रो प्रादेशिक अस्पतालको डाक्टरहरुको टिमले ठुला ठुला रोगहरूको राम्रो तरिकाले उपचार गर्छ मेरो विश्वास छ किनकि डा.फिरोज अंजुमको टिम र डा.उज्जवल ठाकुरको सहकार्य द्वारा लैपरोटॉमीको सफलता पूर्वक अप्रेसन गरि नयाँ जीवन दिनु भएको छ पुरा आन्द्रामा प्वाल परेको भएर पनि डाक्टर अंजुमको टिमद्वारा सफलता पूर्वक सल्यक्रिया गरिएर ठिक पारेको छ ‌यो प्रादेशिक अस्पतालको लागि गर्भको कुरा हो । एति मात्र होइन आज प्रादेशिक अस्पताल एक छिनको लागी खुस मई बनेको देखेर मलाई गर्भ लाग्यो ।

रुपन यादवको आफन्तहरुले आफ्नो घर जाने क्रममा भने प्रादेशिक अस्पतालको डाक्टरहरु मेरोलागि भगवान छ मेरो छोरालाई कहाँ कहाँ सम्म इलाज गराए तर राम्रो भएन आज हजुरहरूले मेरो छोरालाई नयाँ जिवन दिनुभएकाेमा हृदय देखि धन्यवाद व्यक्त गर्न चाहन्छु ।

डा.फिरोज अंजुम, डा. उज्जवल ठाकुर लगायत सम्पुर्ण टिमलाई प्रादेशिक अस्पताल गौरको विकास समितिका अध्यक्ष मोहम्मद अनवर हाशमी, मेडिकल सुपरिटेन्डेन्ट डा.संजिव कुमार सिंह लगायत सदस्यहरुले धेरै धेरै धन्यवाद दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट