महेश सिंह
सिरहा : स्थानीय सरकारलाई जिम्मेवार बनाउन सिमसी नेपालले बालबालिकासंग छलफल कार्यक्रम सम्पन्न गरेको छ् । बिगत लामो समय देखि बालबालिका मानसिक स्वास्थय र किसोर किशोरी धामीझाकरीसंग कार्य गर्दै आएका छन् ।
लहान नगरपालिका वडा नम्बर २४ का अध्यक्ष रासलाल रायको अध्यक्षतामा सुरु भएको कार्यक्रममा लहान नगरपालिकाको नगर उप-प्रमुख राम चलितर महतो रहनु भएको थियो भने अतिथिहरुमा ईलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक लिला भक्त बादे, वरिष्ठ समाज सेवी गंगा राम महतो, लहान नगरपालिकाको महेश्वरी चौधरी, सर्मिला पोखरेल, स्वास्थय शाखा प्रमुख जगदीश मंण्डल लगायतका अतिथिहरुको उपस्थिति रहेको सि. एम.सी.नेपालको मनोसमाजिक परामर्शकर्ता रेखा चौधरीले जानकारी दिनु दिए ।
लहानमा सि.एम.सी.नेपालद्वारा मनोसमाजिक परामर्शको सेवा दिन थाल्दा आत्महत्याको दुरुत साहनको घटनामा कमि आएको स्थानीयको ठहर रहेको छ।केयर नेपालको आर्थिक सहयोग र स्थानीय सरकारको समन्वयमा सिमसी नेपालले लहान नगरपालिका भित्र रहेको २१ वटा सामुदायिक विधालयमा काम गर्दै आएका छन । नेपालमा कुल जनसंख्याको २०% कोसोर किशोरीहरु मानसिक रोगको सिकार रहेको एक तथ्यांकले जनाएको छ् ।
सि.एम. सी. नेपाल मानसिक स्वास्थय र मनोसमाजिक सहयोगको क्षेत्रमा काम गर्ने राष्ट्रियस्तरको गैरसरकारी संस्था हुन् । २०६० सालमा स्थापना भइ देशको ६० भन्दा बढी जिल्लाहरुमा २ सय भन्दा बढी स्थानीय तहमा मानिसिक स्वास्थय र मनोसमाजिक क्षेत्रमा काम गर्ने गरेको हो ।
समाजिक कर्ता र शिक्षकहरुको क्षमता अभिवृद्धिको लागी तालीम र समय परिस्थिति अनुसार जनचेतनामूलक कार्यक्रमहरु गर्दै आएका छन् । बिगत पछिल्लो समयल लहानका करिब २१ विधालयका ४२ जना शिक्षकहरुलाई समाजिक मनोपरामर्शका तालीमहरु संचालन गरेका थिए ।
सिएमसी नेपालले संचालन गरेको मनोपरामर्शका कार्यक्रमको प्रभावले सिरहाको लहानमा आत्महत्याको घटनामा कमि आएको स्थानीयहरुले बताए । लहानका २१ वटा समुदायीक बिधालयका बालकलब गठन गरी कार्य अगाडी बढाउने गरेको अनिरुध मुखियाले जानकारी दिनु भयो ।