
पवन प्रसाद साह
बिरगंज, असोज ६ गते ।
कानु अतिथि सदन पर्साको बैठक शनिबार बिरगंजको लक्ष्मी नारायण पार्टी प्यालेसको सभा हलमा सम्पन्न भएको छ । बैठक कानु अतिथी सदन पर्साका अध्यक्ष नरेश कुमार साहको अध्यक्षतामा सम्पन्न भएको हो ।
बैठकमा बिभिन्न विषयमा छलफल गर्दै कानु अतिथी सदनको नाममा धर्मशाला निर्माण गर्ने सर्वसहमतले निर्णय गरिएको छ ।
कार्यक्रममा नारायणी हस्पिटलका मेसु डा. चितरजन साह, आशिर्वाद हस्पिटल कलैयाका संचालक एवम् स्त्री रोग विशेषज्ञ राजेश साह, नेकपा एमालेका नेता शम्भु गुप्ता, बिरगंज महानगरपालिका वडा नं ४ का वडा अध्यक्ष जगत प्रसाद साह कानु, समाज नेपालका अध्यक्ष सोनाेलाल गुप्ता, कोषाध्यक्ष ओमप्रकाश साह कानु, डा. मनोज गुप्ता फिजिसियन, कलैया का CA गोबिन्द गुप्ता कानु, अतिथि सदनका उपाध्यक्ष श्रवण प्रसाद साह, श्याम प्रसाद गुप्ता, कोषाध्यक्ष संजय प्रसाद गुप्ता, महासचिव बिरेन्द्र प्रसाद गुप्ता, सचिव बिवेक गुप्ता, सदस्य अकलेश साह, राजन साह कानु संचारकर्मी बिमला गुप्ता लगायतको उपस्थीती रहेको थियो ।