गाैशाला : महोत्तरीको गौशालामा ६ लाख ५० हजार रकम दिउसै लुटपाट भएको छ । आइतबार दिउसो करिब साढे ३ बजे गौशाला नगरपालिका वडा न.११ भरतपुर निवासी करिब ६५ वर्षीय शम्भु महतोको पैसा गौशाला बीच बजारमै लुटपाट भएको हो ।
ओखलढुंगाबाट आफन्तले पठाएको पैसा एनआइसी एसिया बैंकबाट निकालेर घरतिर जाने क्रममा गणेश मन्दिर नजिक अज्ञात व्यक्तिले पैसा खोसेर भागेको महतोको भनाइ छ । लुटपाट गर्ने व्यक्तिको खोजविन भइरहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले बताए ।