https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

महेश सिंह
सिरहा लहान, असोज ७ गते ।
सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले बिरामीलाई फलफुल वितरण गरी ६ औं  वार्षिक सत्सव मनाएका छन् । प्रादेशिक अस्पतालमा निम्न वर्ग समुदायको गरिब दलित व्यक्तीहरुको बिरामी उपचारका लागी भर्ना भएका हुन् ।

शाखा प्रबन्धक उपेन्द्र नारायण महतोका अनुसार हामी प्रत्यक्ष रूपमा समाजसंग जोडीएकोले समाज सेवा गरे नै उत्सव मनाएको बताउनु भयो । बिरामी परेको बेला शरीरमा पौष्टिक तत्वको अभाव हुने भएकोले शारीरिक मानसिक रुपमा स्वास्थय रहनमा सहयोग होस् भने उदेश्यले  बिरामीलाई फलफूल वितरण गरेको हो ।

अस्पतालका प्रबन्धक धनोज गुप्ता, महिला रोग विशेषज्ञ डा. कुसुम यादव, एनेथेसिया जगत महतोको रोहबरमा ७० जना बिरामीहरुलाई स्याउ, अनार, केरा लगायतका फलफूल वितरण गरेको सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका लहान शाखाको प्रबन्धक उपेन्द्र नारायण महतोले जानकारी दिनु भयो ।

इन्स्योरेन्सले पछिल्लो समय विभिन्न समाजिक कार्य गर्दै आएका छन् । बलड डाेनेशन, मृत्यु दाबी भुक्तानी, घातक रोग भुक्तानी समाजमा जनचेतना मुलक कार्यक्रमहरु संचालन गरेको हेम नारायण महतोले जानकारी दिनु भयो ।

अस्पतालका बिरामीहरुलाई यस्तै बेला बखत सहयोगी संस्थाहरुले सहयोग गरोस् हामी अस्पताल परिवार अभारी रहेको अस्पताल प्रबन्धक धनोज गुप्ताले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार