चन्दन महताे
रौतहट, असोज ९ गते ।
इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु केबल नेट उपभोक्तालाई व्यापक ठगी गरिरहेको आराेप लागेको छ । सुबिसु केबल इन्टरनेटका विभिन्न प्याकेज अन्तर्गत उनले ६५ एमबीपीएस गतिको इन्टरनेट सुविधा लिएपनि इन्टरनेटको गति भने कहिले १ तह कहिले ५ एमबीपीएस गतिमा मात्र सेवा प्रवाह भईरहेको चन्दन महताेले बताए ।
समस्या बारे गुनासो गर्दा सुबीसु गौर ब्रांचले कुनै ‘रेस्पोन्स’ नै नगरेको महतोले गुनासो गरे । जुन गतिको इन्टरनेट दिन्छु भनेर उनले सेवा लिएका थिए, उक्त इन्टरनेटको गति पनि घट्दै गयो । यस विषयमा सरोकारवालाहरुले कुनै चासो नदिएको र उपभोक्ताहरुले पटक–पटक गुनासो गर्दा पनि कुनै सुनुवाइ नभएको उनको भनाइ छ ।
सेवा प्रवाहमा यस्तो लापर्वाही गरिरहेका छन् । यस्तो इन्टरनेट सेवा प्रदान गर्नेको लाइसेन्स नै खारेज गर्नुपर्ने उनले माग गरे । यस्तो ठगी दुई तरिकाले भइरहेको छ । जसमा पहिलो, कबुल गरेको इन्टरनेटको गति एक चौथाइ पनि नदिने र दोस्रो समयमा मर्मत नहुने रहेका छन् । अहिले धेरै जसो इन्टरनेट सेवा प्रदायकले सम्झौता जतिको इन्टरनेट स्पीड पाएका छैनन् ।
कम्पनीले ‘फाष्ट इन्टरनेट’को पैसा उठाएपनि इन्टरनेटको गति भने सुस्त हुने समस्याले सेवाग्राहीहरुले सास्ती पाईरहेका छन् । ग्राहकलाई कबुल गरेकाे जत्तिको ‘इन्टरनेट स्पीड’ नदिने सेवा प्रदायक कम्पनीलाई सरकारले काहिले कार्वाही गर्छ स्थानीयहरुकाे गुनासो रहेको छ ।