राजेश सिंह
गाैशाला : महाेत्तरीकाे गाैशाला नगरपालिकामा बसेकाे कार्यपालिका बैठकले तिन वटा महत्त्वपूर्ण निर्णयहरु गरेको छ ।
शुक्रबार नगरकार्यपालिकाकाे बसेकाे बैठले महत्त्वपूर्ण तिन वटा निर्णयहरु गरेका छन् । जसमा पहिलो : धनुषा जिल्लाकाे मिथिला नगरपालिका अन्तर्गत ढल्केबरमा रहेको रेयुकाई एईको मासुनागा आँखा अस्पतालसँग सम्झौता गरि गाैशाला नगरपालिका अन्तर्गतका सम्पूर्ण आँखाकाे बिरामीहरुलाई माेतिबिन्दकाे शल्यक्रिया (अप्रेसन) सहित औषधी, चश्मा समेत नि:शुल्क दिने निर्णय गरियो ।
दाेस्राेमा : गौशाला नगरपालिका अन्तर्गत रहेका मुख्य सडक, कृषि तथा सहायक सडकहरुको सिमा भित्र रहेका विभिन्न सर-समानहरु जस्तै : मल, दाउरा, काठ, ढुङ्गा, मुढा, पराल, घर निर्माण सामग्री इत्यादीहरु सर-समानहरु आजको मितिदेखि ७ दिनभित्र सडक सिमाभित्र पर्ने सम्पूर्ण सर-समानहरु हटाई सडक खाली गर्न गराउन निर्णय भएका नगर प्रमुख डा. दिपेन्द्र महताेले बताउनुभयो । साथै सो समय सिमा भित्र खाली नगर्ने नगराउने सम्बन्धित व्यक्तिलाई नेपाल सरकारको कानुन बमोजिम कानुनी कार्यवाही निर्णय समेत भएका हुन ।
तेस्रोमा : गाैशाला नगरपालिका अन्तर्गत कन्स्ट्रक्सन तथा विभिन्न कार्य गरिरहेका सम्पूर्ण ठेकेदार तथा कम्पनीहरुले समयमा काम सम्पन्न नगर्नेलाई कालाे सुचिमा राख्ने कार्यविधि बनाएका छन् ।