https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

 
गौशाला, असोज १३ गते ।
महोत्तरीको गौशाला बजारमा ईलाका प्रशासन कार्यालय गाैशालाद्वारा अनुगमन गरेको छ । अनुगमनको खबरले शनिबार बिहान देखि बजारका अधिकांश व्यापारीहरुले पसल बन्द गरेका थिए ।

ईलाका प्रशासन कार्यालय गौशालाको प्रमुख हेम बहादुर कार्कीकाे नेतृत्वमा बजार अनुगम टोलीले अनुगमन गरेका छन् । टोलीमा गौशाला नगरपालिकाका स्वास्थ्य शाखाका प्रतिनिधि, ईलाका प्रहरी कार्यालय गौशालाका प्रतिनिधि लगायत उधोग वाणिज्य संघ गौशालाका प्रतिनिधि समेतको टोलीले गौशाला बजारमा अनुगमन गरेकाे प्रमुख कार्कीले जानकारी दिए । 

अनुगमन दुई मिठाई पसल, एक किराना पसल, एक कोल्ड स्टोर र एक मिट हाउस गरि जम्मा पाँच वटा पसलमा अनुगमन गरेको थियोे । अनुगमनकाे क्रममा नियम विपरित एउटा पनि पसलमा समान फेला नपरेको अनुगमन  टोलीका प्रमुख हेम बहादुर कार्कीले बताए ।

अनुगमनमा पसलको सामग्रीहरुको बिल, शुद्धता, उत्पादन मिति र म्याद सकिने मिति, कर कार्यालयमा दर्ता भए वा नभएको, नविकरण भएको लगायतका कुराेहरुमा चेकजाँच गरेका थिए ।

यता स्थानीय व्यापारी इन्दल कुमार राउतले अनुगमन टोलीले नियम पुर्वक अनुगम नगरेको आरोप लगाएका छन् ।  उनले भने, “अनुगमन टोलीले आवश्यक अनुगमन गर्नुपर्ने पसलहरुमा अनुगमन गरेनन् । जुन पसलहरुकाे अवस्था ठिक्क छ । त्यस्ता पसलहरुलाई मात्र अनुगमन गरे । जब कि गौशाला बजारमा यस्ता कयौं पसलहरु छन् । जसमा सडेगलेका खानेकुरा, म्याद नाघेको खानेकुराहरु, उत्पादम मिति उल्लेख नभएका सामानहरु खुलेयाम रुपमा बिक्रीवितरण हुँदै आईरहेकाे राउतले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार