https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला : महोत्तरीकाे गौशाला नगरपालिका वडा नं. ११ स्थित स्वास्थ्य चौकी भरतपुरमा सुरक्षित प्रस्तुति सेवा केन्द्र  (बर्थिंग सेन्टर) एवं ल्याब सेवाको शुभारम्भ भएको छ ।

गौशाला नगरपालिकाको वडा नं. ११ स्थित दिपेन्द्र बजारमा संचालित स्वास्थ्य चौकी भरतपुरमा बर्थिंग सेन्टर एवम् ल्याब सेवा सुचारु भएको हो ।

बर्थिंग सेन्टर एवम् ल्याब सेवाको उदघाटन गौशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महतोले गरेका हुन् । नगर प्रमुख महतोले उदघाटन समारोहलाई सम्बोधन गर्दै गाउँ कै स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति सेवा भएपछि सुत्केरी हुनका लागि अन्य ठाउँमा जानू पर्ने बाध्यताको अन्त्य भएको बताए । 

उनले भने,  ‘प्रसूति हुनका लागि लाखौँ खर्च हुने गर्दथ्यो । आर्थिक अवस्था कमजोर भएका गर्भवती घरमै असुरिक्षत रुपमा बच्चा जन्माउन बाध्य थिए । घरमै सुत्केरी हुनुलाई मातृ शिशु स्वास्थ्यका हिसाबले जोखिम मानिन्छ ।’

यस बर्थिङ सेन्टरबाट वडा नं. १०, ९ र ११ लगायतका गर्भवतीहरुलाई पनि सुविधा पुग्ने जनाइएको छ ।

साथै उक्त अबसरमा स्वास्थ्य चौकी भरतपुरका जग्गादाता राम औतार महतोलाई नगर प्रमुख डा. दिपेन्द्र महतो, नगर उप–प्रमुख रेणु कुमारी महतो र वडा नं. ११ का वडा अध्यक्ष तथा नगरका प्रवक्ता राम पृत महतो कोईरीले दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार