
गाैशाला, असोज १७ गते ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितको उपस्थितिमा मधेस प्रदेशको सुरक्षा चुनौतीबारे छलफल भएको छ । महोत्तरीको बर्दियाबासमा भएको छलफलमा गृहमन्त्री श्रेष्ठसहित मधेस प्रदेशका आठैवटा जिल्लाका प्रमुख जिल्ला अधिकारी र सबै सुरक्षा निकायका प्रमुखहरु सहभागी छन् ।
कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी समायोजनबिनाको सङ्घीयता निष्प्रभावी हुने बताएका छन् । बुधवार महोत्तरीको बर्दिबासमा गृह मन्त्रालयद्वारा आयोजित समसामयिक सुरक्षासम्बन्धी मधेस प्रदेश स्तरीय अन्तरक्रियामा बोल्दै उनले संघीयतामा प्रहरी समायोजन अनिवार्य सर्त भएको बताएका हुन् ।
‘प्रहरी समायोजन र सङ्घीयता अभिन्न अङ्गको प्रक्रिया हो । प्रहरी समायोजनबिना सङ्घीयता कामै छैन । सरकार समायोजनको पक्षमा छ । यसको गृहकार्य सरकारले गरिरहेको छ’, उनले भने ।
पारित भएको प्रहरी ऐनमा समायोजन सम्बन्धी समस्या भए प्रहरी महानिरीक्षक, सङ्घीय गृह सचिव, सबै प्रदेशका गृहमन्त्री बसेर छलफल गर्न सकिने उनको भनाइ छ । उनले सङ्घीयतालाई निष्क्रिय बनाउन नदिन प्रहरी समायोजन कुनै पनि हालतमा कार्यान्वयन गरेर छाड्ने प्रतिबद्धता जनाए ।
त्यस्तै उनले राष्ट्रिय सुरक्षालाई बलियो बनाएर भौगोलिक एकता, राष्ट्रिय अखण्डता र व्यवस्थामाथि भएको आक्रमणबाट बचाउन सामाजिक सदभाव आवश्यक भएको बताए । पछिल्लो समय सामाजिक र धार्मिक द्वन्द्व भड्काउन उद्धत रहेको भन्दै त्यसतर्फ चनाखो रहन श्रेष्ठले आग्रह गरे ।
यता मधेस प्रदेशको कार्यवाहक मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेश प्रदेश दिनानुदिन लागुऔषधको केन्द्र विन्दु बन्दै गईरहेको उपप्रधानमन्त्री श्रेष्ठलाई अवगत गराए । उन्ले भने, मधेश प्रदेशमा अहिले मिटरव्याजिको पनि लेनदेनमा राम्रो मन्छेलाई पनि रारोपित बनाउने किसिमको गतिविधि प्रति गृहमन्त्रालयको ध्यान जाज जरुरी रहेको बताए ।




