https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला : महाेत्तरीकाे गाैशाला नगरपालिकाले महिला कर्मचारीहरुलाई जितिया पर्वको विदा दिएको छ । नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महताेले आज एक विज्ञप्ति जारी गर्दै शुक्रबारकाे दिन विदा दिएको हाे ।

जारी विज्ञप्तिमा शुक्रबारका दिन हिन्दु धर्मालम्वीहरुको महान पर्व जितिया पर्वको शुभ अवसरमा उक्त दिन यस नगरपालिकाको कार्यालय र मातहतका सबै विधालयहरु, सबै स्वास्थ्य संस्थाहरु र सबै वडा कार्यालयहरुमा कार्यरत महिला कर्मचारीलाई १ (एक) दिने विदा दिइएको भन्ने उल्लेख छ ।


मिथिलाञ्चलमा आजदेखि जितिया पर्व सुरु

मिथिलाञ्चलमा सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्व आजदेखि धार्मिक विधि पूर्वक सुरु भएका छन् । नेपाल र भारतको सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ नहा खा (नुहाएर खानु) विधि गर्दै आजदेखि सुरु भएको हो ।

ब्रत बस्नु अघि आजको दिन व्रती महिलाले नदी, तलाऊ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौलाको पातमा भगवान् जितमाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादको रुपमा चढाइ आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गर्दछन् । त्यसैगरी भोली (शुक्रबार) बिहान ४ बजेदेखि उपवास बसी निराहार एवं निर्जल रही शनिबार व्रत सम्पन्न गर्ने छन् ।

यस पर्वमा व्रतालुले पवित्र सरोवर र नदीमा स्नान गरेर जितमाहनको कथा सुन्ने गर्दछन् । यस्तोमा पाकाले भन्ने र तन्नेरीले सुन्ने चलन छ ।

व्रत बस्नु अघिल्लो दिनमै व्रतालुले विभिन्न जलाशयमा स्नान गरी घिरौलाको पातमा पिना, सख्खर र तोरीको तेल सहितका पदार्थ चढाउनुपर्छ । देवतालाई चढाएकै तेलमध्येबाट आ–आफ्ना शाखा सन्तानलाई पनि लगाउन दिनुपर्छ । व्रतको पहिलो दिन आज पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ । यसलाई स्थानीय भाषामा ‘माछ मरुवा (कोदो)’ भनिन्छ । प्रत्येक महिलाले अनिवार्यरुपमा आज कोदो र माछा खाने गर्छन् भने प्रत्येक घरमा आजका दिन कोदोको रोटी र माछा पाक्छ ।

त्यसैगरी धार्मिक विधिपूर्वक शुक्रबार बिहानै काग कराउनुभन्दा पहिल्यै व्रती महिला ओंगठन सम्पन्न गर्नुपर्छ अर्थात् केही खानेकुरा ओठमा लगाउनुपर्छ । प्रायःजसो महिलाले ओंगठनमा च्यूरा दही खाने गरेको पाइन्छ । त्यसपछि उपवासको क्रम सुरु हुन्छ ।

पितृ पक्षमा मनाइने पर्वमा महिलाले आफैँले दिवङ्गत पितृलाई पिण्ड चढाउँछन् । मिथिलाञ्चलमा मनाइने व्रतमध्ये जितिया व्रतलाई पवित्र व्रतको रुपमा मानिन्छ । उपवास बसेका दिन महिलाले डकार गरे अथवा मुखले खकार वा जिब्रो टोके भने व्रत असफल भएको मानिन्छ । त्यसैले होला यस पर्वलाई खड् जितिया पनि भनिन्छ । फेरी एक पटक असफल भएकी व्रती आजीवन व्रत बस्न पाउँदिन ।

राजा शालिवहानको राज्यमा एउटी महिलाका सात जना छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातजनै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिन देखि शालिवहानलाई ‘जितुमाहन’ नामकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत सुरु भएको पौराणिक कथन छ ।

जीवनमा एक पटक टुटेपछि पुनः गर्न नपाइएने हुँदा हत्तपत महिलाले यो पर्व अँगाल्दैनन । तर मिथिला क्षेत्रमा पुत्र हुने प्रत्येक महिलाले जीवनमा यो पर्व अपनाउनै पर्ने चलन छ । पर्वको अवसरमा जिल्लाका साेनमा गाउँपालिका, सम्सी गाउँपालिका, औरही नगरपालिका लगायत जिल्ला तथा मधेस प्रदेशका अधिकांश पालिकाहरुले महिला कर्मचारीहरुलाई विदा दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार