काठमाडौं, असाेज १९ गते ।
पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) धुव्रबहादुर प्रधानका पीएसओ लक्ष्मण चौधरीकी श्रीमती शर्मिला चौधरीको उपचारको क्रममा मृत्यु भएको छ ।
चौधरीको नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको काठमाडौं प्रहरी परिसर स्रोतले बतायो । उनी असोज १० गते काठमाडौं महानगरपालिका–४ पञ्चकन्या स्थितआफ्नै कोठामा गोली लागेको अवस्थामा भेटिएकी थिइन् ।
शर्मिलाले बुधबार साँझ लक्ष्मण घरमा नभएको समयमा उनले बोक्दै आएको पेस्तोल घरमा पड्काएको प्रहरीले बताएको छ । पेस्तोलबाट दुई फायर गोली चलेको थियो ।
एउटा गोली शर्मिलाको कोखामा लागेको थियो । घरायसी विवादका कारण शर्मिलाले आफैँलाई गोली हानेको आशंका प्रहरीका अधिकृतहरुले गरेका छन् ।
यसबारे थप अनुसन्धान प्रहरी वृत्त महाराजगञ्ज र जिल्ला प्रहरी परिसर काठमाडौंबाट भइरहेको प्रहरी अधिकृतहरु बताउँछन् । :- टिभी अन्नपूर्ण