
गाैशाला, असाेज २० गते ।
२०७९ सालमा महोत्तरीको क्षेत्र ४ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएका विनोद कुमार साह विधिवत रुपमा जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।
शनिबार पूर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री एवम् प्रदेश सांसद सरोज सिंह कुश्वाहाले उनलाई पार्टी प्रवेश गराएका छन् ।
स्वतन्त्र भएर केही हुन नसक्ने भएकाले सो का लागि
उनले जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेको बताए । साह २०७९ सालमा चौथो स्थानमा रहेका थिए ।
स्वतन्त्र भएर आम जनताको साथ र सहयोग गर्न नसने भएकोले र जसपा बाहेक अरु पार्टीले जनताकाे साथ नरहेकोले जसपा मै प्रवेश गरेकाे उनले बताए । साथै शाहको सहयोगी युगल किशोर महताे समेत जसपा मै प्रवेश गरेका हुन ।