https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम : धनुषा जिल्लाकाे जनकपुरमा रहेको बिग मार्टमा आगलागी भएको छ । जनकपुर उपमहानगरपालिका-९ रामानन्द चोकमा रहेको बिग मार्टमा शनिबार राति करिब ११ बजे आगो लागेको हो ।

शनिबार राति करिब ११ बजे अकस्मात् लागेको आगो आज बिहान नियन्त्रणमा आएको थियोे । जनकपुरधाम उपमहानगरपालिका लगायत आसपासको पालिकाहरुको बारुणयन्त्र, प्रहरी, स्थानीय लगायतको सहयोगमा आगलागी नियन्त्रण भएको थिए ।

आगलागीबाट सम्पूर्ण सामान जलेर नष्ट भएको छ भने घरमा पनि पूर्ण रुपले क्षति पुगेको छ । सञ्चालक रामबाबु रायले राति ११ बजे मार्टभित्र अचानक आगो सल्केको थाहा पाएको बताए ।

मार्टको सामान साढे चार करोड र घरमा समेत क्षति पुगेकाले १० करोड भन्दा बढीको क्षति पुगेको सञ्चालक रायको भनाइ छ ।

विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार