https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम, असोज २२ गते । 
आनन्द मारिएका खबरले परिवारका सबैजना बेहोस् भएका छन् भन्ने सिँगो गाउँ नै शोकमा डुबेको हुन ।
परिवारको एकलो छाेरा रहेका आनन्दको इजरायलमा भएको आतंकी हमलामा मृत्यू भएपछि अहिले परिवारजन माथि बज्रपात परेको । इजरायलमा शनिबार भएको आतंककारी हमलामा परी ज्यान गुमाएका जनकपुरका आनन्दइ साह परिवारको एक्लो चिराग थिए ।

धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर ४ सपही बस्ने सोमन साहका २२ वर्षीय छोरा आनन्द साहको आतंकी हमलामा मृत्यू भएको इजरायलका लागि नेपाली राजदूत कान्ता रेग्मीले पुष्टि गरेकी छन् ।

इजरायलमा भएको आतंकी हमलाको क्रममा सपहीका आनन्द साह मारिएको खबर आईतबार अपरान्ह परिवारजनलाई जानकारी भएको थियो । अपरान्हसम्म विभिन्न मिडियामा सपहीको आनन्द साहको मृत्यू भएको खबर फैलिएपछि सोही गाउँका मान्छेहरुले उनको बुवालाई छोरा सम्पर्क गर्न भनेको बताईएको थियोे ।

तीन दिदीबहिनी रहेको आनन्द परिवारमा एक्लो छोरा थिए । तीन दिदिबहिनीको एक मात्र भाई आनन्द परिवारको सबभन्दा दुलारु (प्रीय) पात्र थिए ।

आनन्दको मृत्यु भएको खबर आइतबार दिउँसो ४ बजे गाउँमा फैलिएको वडाध्यक्ष रमेश कुमार साहले बताए । उनको बहिनीले पटक पटक फोन गरी उनको साथीसँग कुरा गर्दा आनन्दको मृत्यू भएको खबर दिएपछि उनी बेहोस भईन् । त्यसपछि वडाध्यक्ष साहले आफैँ उनको घर पुगेर परिवारजनलाई सान्तवना दिएको बताए । त्यति बेलासम्म समेत मृत्यूको खबर झुठो होस भने आस पलाएपनि दुतावासले पुष्टि गरिदिए पछि थाह भएको वडाध्यक्ष साहले बताए ।

गत भदौ २६ गतेमात्र उनी कृषिसम्बन्धी तालिम लिनका लागि गएका थिए । कृषिसम्बन्धी तालिम लिन उनीसँगै नेपालका अरू २५ जना विद्यार्थीहरू गएका थिए । जनकपुरको एन्जलस बोर्डिङ स्कुलबाट एसईई र मिट क्याम्पसबाट आईएससी उत्तीर्ण गरेका आनन्द त्यसपछि  इजरायल पुगेका थिए ।

घर परिवारका कुनै पनि सदस्य अहिले बोल्ने अवस्थामा छैनन् । पढेर र इजरायलबाट तालिम लिएर आएपछि गाउँमै केही गर्छ भन्ने सपना बुबाले बोकेका सपना चकनाचुर भएको छ । सपनासँगै आनन्द पनि बिलाएपछि बज्रपात परेको छ ।

आमा, बुबा सबै आनन्दको घटनाबारे सुनेर मुर्छित भएका छन् । अहिले सिंगो गाउँ नै शोकमा डुबेको छ । दुई दिन अगाडी उनकी बहिनीले आनन्दसँग कुराकानी गरेपनि उनको बुवाआमासँग भने कुराकानी हुन सकेको थिएनन् । उनको बहिनीको त्यो अन्तिम कल थियो ।

परिवारको एक्लो छोराको विदेशिएको २६ दिनपछि निधन भएको खबरसँगै परिवारमा वज्रपात भएको छ । उनकी बहिनीहरुलाई स्लाईन गरिएको छ भने क्षिण क्षिणमा मुर्छा पर्न थालेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार