
प्रदीप कुमार दास
राैतहट, असाेज २२ गते ।
रौतहट जिल्लाको कटहरिया नगरपालिकाका मेयर अजय प्रकाशले आफ्नो सत्ता र पावरको आडमा राणाशाही शैलीमा आफ्नै नगरका एक युवकलाई सिंदरबारभित्रै कुटपिट गरेकाे छ । मेयर अजय प्रकाश र कटहरिया नगरपालिकाका वडा ५ का स्थानिय दीपक कुमार दुबेबिच सिंहदबार भित्र बिवाद भएको थियोे ।
प्रमुख प्रशासकीय अधिकृत लैजाने विषयमा सिंहदबारभित्र कटहरिया नगरपालिकाका मेयर र एक स्थानीयबीच बिवाद पछि हात हालाहाल भएका थिए । सिंहदरवारमा रहेको नेपाली काँग्रेस संसदीय दलको चमेना गृहमा झगडा भएको थिए ।
प्रमुख प्रशासकीय अधिकृत कटहरिया नगरपालीकामा लैजाने विषयमा कर्मचारीहरु मध्ये कसलाई लाने भन्ने बिषयमा सामान्य प्रशासन मन्त्रालय कर्मचारी महाशाखाका सहसचिव सुमन दाहालसंगको छलफलमा मेयरले वरिष्ठ कर्मचारी छाडेर पाँचौं तहको कमर्चारीलाई निमित्त बनाउन खोजेपछि अन्य कार्यपालिका सदस्यले मेयरको सो प्रस्तावलाई अस्वीकार गरी वरिष्ठ कर्मचारीलाई नै निमित्तको जिम्मेवारी दिनु पर्ने विषयमा विवादले उग्ररुप लिदा सङघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बाहिर भनाभन भएको थियो ।
मेयर अजय प्रकाशले नगरपालीकामा कार्यरत पाँचौं तहका कबिर देवानलाई निमित्त प्रशासकिय प्रमुख लान खोजेपछि बिवाद भएको थियो । विवाद चर्कीदै जादा मेयर अजय प्रकाशले दीपक कुमार दुबेको करिब ३० सेकेन्ड जति घाँटी थिचेको र त्यहाँ रहेका अन्य व्यतिले उनीहरुलाई छुट्याएको प्रत्यक्षदर्शीले बताएका छन ।
स्थानिय युवा दीपक दुबेले मेयर आफ्नो गुन्डा गर्दी र राणाशाही चलाउन खोजेको धारणा दिएका छन् , तर उसको अब कुनै गुन्डागर्दी र राणाशाही नचल्ने बताएका छन । पुन: नेपाली काँग्रेस संसदीय दलको चमेना गृहमा फेरि दुवै पक्ष बिच भनाभन र हात हालाहाल भएपछि सिंहदरबारमा रहेका प्रहरी सुरक्षा गणको प्रहरी निरीक्षक टोलीले दुवै पक्षलाई नियन्त्रणमा लिई छलफलका लागि लगेका थिए ।
कटहरीया नपाका कर्मचारी सुरेन्द यादब र कबिर देवानले आफ्नो हात समातेको र मेयर अजय प्रकासले घाँटी थिचेको र केहिले उद्दार गरेको दुवेको भनाइ छ । मेयर अजय प्रकाशले दीपक कुमार दुबे कटहरीया नपाको व्यक्ती नभएको दावी गरेपछि उक्त विवाद उत्पन्न भएको बताइएका छन् ।