काठमाडौं : इजरायलकाे भिसा प्राप्त गरेका कामदारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नजान आग्रह गरेको छ ।

मन्त्रालयले सूचना जारी गर्दै श्रम सम्झौता बमोजिम इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका लागि छनोट भएका २४ जनालाई नजानलाई आग्रह गरेको हो ।

भिसा समेत प्राप्त गरिसकेका कामदारहरूको उडानको समय बुधबार बिहान १ बजे तय भएको थियो । 

इजरायल माथि प्यालेस्टाइनको इस्लामिक समूह हमासले गरेको आक्रमणका कारण १० जना नेपाली विद्यार्थीहरूको ज्यान समेत गएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार