https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

अजय मिश्रा
कृष्णनगर, असोज २४ गते ।
जामिया सिराजुल उलुम अल्सल्फिया मदरसाले इजरायलमा नेपालीहरूको मृत्यु प्रति दु:ख व्यक्त गर्दै प्रेस विज्ञप्ति निकालेको छ ।

हालैका दिनहरूमा प्यालेस्टिनी प्रतिरोधी संगठन ‘हमास’ले इजरायलमा गरेको अप्रत्याशित रकेट आक्रमणमा इजरायली यहूदीहरू बाहेक अन्य केही देशका नागरिक पनि मारिएका छन् ।

अत्यन्तै दु:खका साथ भन्नु परेको छ कि यी मृतकहरुमा हाम्रो प्यारो देश नेपालका दश जना नागरिक पनि परेका छन् । र यस दु:ख र शोकको घडीमा उहाँहरु आफ्नो देशको साथमा उभिएर मृतकहरुका परिवारजनहरुका दु:खमा सहभागी हुनुभएको छ । हाम्रो देशको सरकारी प्रशासनले यस अवसरमा राष्ट्रिय शोक घोषणा गरेको छ र शोकको अभिव्यक्तिको रूपमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ, हामी यो निर्णयको समर्थन र प्रशंसा गर्दछौं ।

जामिया सिराजुल उलुम अल्सल्फिया लगायत जैद बिन साबित, आयशा सिद्दिका गर्लस कालेज, मदरसा जियाउल उलुम, मदरसा उसमान बिन अफफान लगायतले समेत सो घटना प्रति दुख व्यक्त गरिएको विज्ञप्तिमा जनाइएको छ ।
जामिया सिराजुल उलुम अल्सल्फिया मदरसाका अध्यक्ष तथा राष्ट्रीय मदरसा संघका संस्थापक समिम अहमद नदवीको हस्ताक्षरित विज्ञप्ति रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार