https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, असाेज २४ गते ।

महोत्तरीको मटिहानी नगरपालिकामा कृषकहरुलाई मोटर र पम्पिंङ्ग सेट वितरण गरिएको छ । पालिकाको वडा नम्बर १ देखि ९ सम्म करीब ३० जना कृषकहरुलाई स्यालो ट्यूबेल जडान गरी उनीहरुलाई मोटर र पम्पिंङ्ग सेट वितरण गरिएको हाे ।

मटिहानी नगरपालिकाको ४५ लाख ४८ हजारको लागतमा मोटर र पम्पिंङ्ग सेट वितरण गरिएको पालिकाका प्राविधिक बिमलेश साहले बताए । सो सामाग्रीहरु एक समारोहबीच मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डलले वितरण गर्नुभयो । 

कार्यक्रमलाई सम्बाेधन गर्दै नगर प्रमुख मण्डलले कृषकहरुलाई पालिकाको सहयोगमा वितरण गरिएको कृषि सिचाई सामग्रीबाट राहत पुग्ने बताउनु भयो । नगरपालिकाको ८५ प्रतिशत र कृषकको १५% लागत सहयोगमा जडान गरिएको स्यालो ट्यूबेल बोर्डिंगबाट १ सय ५० बिघा कृषक क्षेत्रको जग्गा सिचाइ हुने प्रमुख मण्डलले बताए ।

कार्यक्रममा मटिहानी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्मा, वडा अध्यक्षहरु शिवशंकर कुमार राय, कलीम अंसारी, अब्दुल गफार राईन, योजना अधिकृत राजेश कुमार शर्मा लगायत कृषकहरूकाे उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार