गाैशाला : चाड पर्वलाई लक्षित गरि महाेत्तरीकाे मटिहानी नगरपालिका र नेपाली सेनाद्वारा संयुक्त रुपमा विभिन्न धार्मिक स्थल र पार्कहरुको सरसफाइ गरिएको छ ।

मटिहानी नगरपालिका र नेपाली सेना द्वारा संयुक्त रुपमा मटिहानीका दुर्गा मन्दिर परिसर, लक्ष्मी नारायण मठ, तसमैया बाबा पार्क, लक्ष्मी सागर पोखरी लगायतका क्षेत्रहरुमा सरसफाई गरिएको हाे ।

सरसफाई कार्यक्रममा मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मंडल, वड़ा नं.६, ७ र ८ का वड़ा अध्यक्ष कलीम अंसारी, जित नारायण माझी र रितेश साह, नेपाली सेनाका रणभीम गण परिकौलीको टोली, मटिहानी नगरपालिका अन्तर्गतका राष्ट्र सेवक कर्मचारीहरु लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार