
जनकपुरधाम : धनुषाको कमला नगरपालिका -३ लगमा टोलमा रहेको श्री राष्ट्रिय प्राथमिक विधालय करिब ६ वर्षदेखि विद्यालय बन्द हुने अवस्थामा पुगेको छ । यस वडाका गरिब, दलित लगाइत सीमान्तकृत समुदायहरुले आफ्नो पेट भर्नको लागि दिनभरी अरुमा कामकाज गरेर आफ्नो भोको पेट भर्ने काम गरिरहेको अवस्थामा निजि विद्यालयमा महगो शुल्क तिरेर कसरी आफ्नो बालबालिका पढाउन सकिन्छ ।
त्यो विद्यालय सुधार र विद्यालयको जग्गा अतिक्रमणमा परेकोले नगरपालिकाका शिक्षा प्रमुख अमित कुमार जयसवाल लगाइतका सम्बन्धित व्यक्तिहरुलाई मौखिक र लिखित रुपमा बारम्बार जानकारी गराएपनि ध्यान नदिएको स्थानीयहरुकाे आराेप छ ।
गत असार ४ गतेको दाेस्राे पटक लिखित निवेदन जनमत पार्टीका मधेश प्रदेश सदस्य दिपेन्द्र तेथवारले दर्ता गराएका थिए । तर, अहिलेसम्म उक्त निवेदनमाथी केही सुनवाइ भएको छैनन् । नगरपालिकाको कार्यलयबाट ५ मिनेटको समय मात्रै लाग्छ रा.प्रा.वि लगमा पुग्न । शिक्षा प्रमुखको हैसियतमा रहेको हाकिम साहेब किन उक्त विद्यालय जादैँन्न अनुगमन गर्न त्यो सोच्ने समय आएको छ ।
के त्यो विद्यालयको प्रधानाध्यापक पुर्व मेयर राम उदगार गोइतको श्रीमती हुन् त्यहीँ भएर सायद जादैँन्न भन्ने धेरै जनाले गुनासो गरेका छ्न । तर, काठमाडौंमा कर्मचारीहरुको आन्दोलनमा पुग्न कति समय लाग्यो हजुर त्यो पनि जनतालाई बताइदिनु पर्यो । के बाट तपाई आन्दोलनमा जानुभयो । मोटरसाइकलबाट कमसेकम माची झिटकहियाबाट ७ घण्टा लाग्छ । चार पाङ्ग्रे गाडी ६ देखि ७ घण्टा, सघारा टु काठमाडौं बस सेवाबाट १० देखि १२ घण्टा र जनकपुर विमानस्थलबाट हवाई जहाजबाट ३० देखि ४५ मिनेटसम्म लाग्नेछ । यी सबै सवारी मध्ये तपाई कुन सवारीबाट काठमाडौं जानुभयो भनेर स्थानीयहरुकाे गुनासो छ ।
तर, नगरपालिकाको कार्यलयबाट ५ मिनेट मोटरसाइकलबाट जान लाग्छ तर विद्यालय एक पटकपनि जान सक्नु भएन । गरिब, दलित र सीमान्तकृत समुदायहरुको छोराछोरीहरुको भविष्यको बारेमा पनि सोच दिनुपर्ने तपाईंको दायित्व हैन र ? विद्यालयमा शिक्षकहरु छ तलब भत्ता खानको लागि मात्रै हो ।
सरकारले कुनै पनि बालबालिका पढ्ने समय विद्यालय बाहिर नरहोस भन्ने विभिन्न नाराहरु दिएर प्रत्येक वर्ष भर्ना अभियान चलाउँछ । के तपाईहरु जस्ता कर्मचारीले त्यो अभियानको महत्त्व नबुझेपछी सर्वसाधारण जनताले के बुझ्छ ।
तपाई हाम्रो करको पैसाबाट तलब र भत्ता खानुहुन्छ । त्यो पनि जानकारी छ कि छैनन् ।
यसबाट के प्रष्ट हुन्छ भने गरिबको छोराछोरीले पढेलेखेर भोलि डाक्टर, इन्जिनियर र शिक्षित भैहाल्छ । भने, भोलिको दिनमा हाम्रो कुरा मान्दैनन्, उहाँहरु आफै शिक्षित हुन्छ भने हाम्रो गुलामी कसले गर्ने मानसिकताको उपज मात्रै हो ।