पवन प्रसाद साह 
बिरगंज, असाेज २६ गते । 
किरण आखा आस्पतालद्वारा कालिकामाइ गाउँपालिका वडा नं १ मुडलि‌ स्थित स्वास्थ्य चौकिमा नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ ।

आँखा शिविरमा जम्मा २०९ जनाको आँखा चेकजाँच गरिएको थियो जसमध्ये ४५ जनामा मोतियाबिन्दको समस्या देखिएको थियो । उक्त शिविरमा डाक्टर अरुण कुशवाहा र अनकेश यादवले आँखा चेकजाँच गरेका थिए ।

उक्त आखा शिविर कालिकामाइ गाउँपालिकाका वडा अध्यक्ष लालबाबु राउत बरैको प्रमुख अतिथिमा भएको कार्यक्रममा समाजसेवी हरेन्द्र चौरसिया, किरण आखा आस्पतालका डाक्टर अरुण कुशवाहा, अनकेश यादव, सहयोगी रामबाबु चौरसिया, आरति चौधरी, रुपा कुमारी, कमलेश कुमारको उपस्थिति रहेको थियो ‌।

प्रतिक्रिया

सम्बन्धित समाचार