
मनिष यादव
सिरहा, असोज २७ गते ।
नेपाल प्रहरीकाे ६८ औं दिवसको अवसरमा सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा केन्द्रले सरसफाई गरेको छ । सिरहाको दुर्गा मन्दिर परिसरबाट सुरु भएको सरसफाई कार्यक्रम सिरहा बजार मुख्य सडकको केही भाग सरसफाई गर्दै सुरु भएकै ठाउँमा सकिएको थियो ।
व्यक्तिको स्वास्थ्य प्रबद्र्धनका लागि सरसफाईको भुमिका महत्वपूर्ण रहेको हुनाले नियमित रुपमा सरसफाई गर्न सबैमा व्यक्ताहरुले आग्रह गरेका छन् । नियमित रुपमा सरसफाई गरियो भने धेरै प्रकारका रोगबाट बच्न सक्ने उनीहरुले तर्क गरेका थिए ।
चाडपर्वले सामुदायको पहिचान झल्काउने भएको हुँदा यस्तो अवसरमा विषेश प्रकारका सरसफाईका कार्यक्रम संचालन गरिनुपर्ने उनीहरुको धारणा रहेको थियो । सरसफाईको प्रभावले सिरहाको दुर्गा मन्दिर परिसर हेर्न लायक बनेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
सामुदायिक सेवा केन्द्रका अध्यक्ष नविन कुमार यादवको अध्यक्षतामा भएको सरसफाई कोणसभामा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरिक्षक राजेन्द्रराज पाण्डे, पत्रकार बद्री नारायण यादव, प्रदेश युवा संजालका अध्यक्ष मोहम्मद नईम राईन लगायतले सरसफाईको महत्वबारे आ–आफ्ना विचार व्यक्त गरेका थिए ।
कार्यक्रममा वडा प्रहरी कार्यालय सिरहाका प्रमुख विश्वबाबु बुढाथोकी, मातृभुमी युवा समाज नेपालका अध्यक्ष मनिष कुमार यादव, सामाजिक अभियन्ता शम्भु साह, अभियानकर्मी युवाहरु डा.अविनाश पूर्वे, सुमित कुमार यादव, अमित कुमार मुखिया, राजनीतिककर्मी, नेपाल प्रहरी लगायत सैकडौं व्यक्तिहरुको सहभागीता रहेको थियो ।




