महेश सिंह
सिरहा लहान, असोज २७ गते ।
सिरहाको लहानमा दोस्रो शनी मन्दिरको स्थापना हुने भएको छ । लहान १५ मोहनपुरको कोरियानीमा समाजको सामुहिक सहयोग र लगानीमा शनी मन्दिरको स्थापना हुने भएको छ । करिब १० लाखको लगतमा मन्दिर निर्माण हुने मन्दिर निर्माण समितिका अध्यक्ष मान्देब महतोले जानकारी दिनु भयो ।
अध्यक्ष महतोले आफनो निजी जग्गाको अगाडी रहेको सार्वजनिक जग्गा उपलब्ध गराई मन्दिर निर्माणको लागी नगद ३१ हजार मन्दिरको कोषमा जम्मा गरेको स्थानीय रोहित कुमार महतोले जानकारी दिए ।
एक औपचारिक कार्यक्रमको आयोजना गरी श्री त्रिदेव शनी मन्दिर निर्माण स्थलमा ध्वजा स्थापना समारोह सम्पन्न गरेका छन् । मन्दिर निर्माण समितिका अध्यक्ष मान्देब महतोको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि लहान नगरपालिकाको नगर प्रमुख महेश प्रसाद चौधरी, विशिष्ट अतिथिमा नगर उप-प्रमुख राम चलीतर महतो, अतिथिहरुमा नगर प्रवकता रमेश गौतम, लहान नगरपालिका ८ का वडा अध्यक्ष श्याम साह, वडा नम्बर १५ का अध्यक्ष तेज नारायण चौधरी, वडा सदस्य राम कुमारी दास, भुवनेश्वर महतो लगायतका अतिथिहरुको उपस्थिति रहेको आयोजकले जनाए ।
नगर प्रमुख महेश चौधरीका अनुसार धर्म संस्कृति बचाउनु हाम्रो कर्तव्य रहेको भन्दै मन्दिर निर्माणमा आफुले सकने सहयोग गर्ने प्रतिबद्धता गर्दै स्थानीयलाई खानेपानीको लागी महिना दिन भित्र खानेपानीको टयाङ्गकीको प्रबन्ध गरी कोरीयानीमा खानेपानीको ब्यवस्था मिलाउने उहाँले बताए ।
उप प्रमुख महतोलेका अनुसार यो ठाँउ विकासको नाउँमा निकै पछाडि रहेको देखिन्छ, विकास क्रमिक रूपमा हुनेछ बाटो घाटाेको समस्यालाई उजागर गर्दै नगरपालिकाले यो ठाउँको विकासमा सकृय रहेको बताउनु भयो ।