महेश सिंह
सिरहा लहान, असोज २९ गते ।
राष्ट्रिय कृषक समुह महासंघले सिरहाको भगवानपुर गाउँपालिकामा १६ औं अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस एवं ४३ औं विश्व खाध दिवस भव्य रूपमा मनाएका छन् ।
बिगत लामो समय देखि सिरहाको भगवानपुर गाउँपालिका, लक्ष्मीपुरपतारी गाउँपालिका, धनगढीमाई नगरपालिका र सखुवानान्कारकट्टी गाउँ पालिकामा करार खेती संचालनमा रहेका छन् ।राष्ट्रिय कृषक समुह महासंघले हरेक हिसाबले पछाडि परिएका दलित गरिब सीमान्तकृत भुमिहिन सुकुम्बासीहरुलाई आत्मनिर्भर बनाउन करार खेती संचालन गरेका छन् ।
खास गरेर दलित समुदायमा जिबिको पार्जन गर्न कठनियाई र चुनौतीपूर्ण जिवन बिताई रहेका समुदायलाई आर्थिक स्तर उन्नतिमा वृद्धिको लागी स्थानीय सरकार र केयर नेपालको सहकार्यमा महासंघले ग्रामीण किसानहरुलाई कम जग्गामा बढी उत्पादन र मङ्गय आम्दानी गर्न उन्न्त प्रबिधिको बिउ कृषि औजार खाद्य मल उपलब्ध गराउदै आएका छन् ।
समाजमा रहेका बेरोजगार युवा युवतीहरुलाई सीप मुलक तालिम प्रदान गरी रोजगार बनाउने गरेका छन्। स्कुलको पहुँच बाट बाहिर रहेका बालबालिकाहरुलाई विशेष कक्षा संचालन गरी सयौं बालबालिकाहरुलाई बिधालयमा अध्ययनका लागी भर्ना गरेका छन् ।
नेपाली समाजमा कृषिजन्य उत्पादनमा ग्रामिण महिलाहरुको योगदान ठुलो रहेको छ । सन २००७ साल १५ अक्टुवरको दिनलाई संयुक्त राष्ट्रसंघले ग्रामिण महिला दिवस मनाउने घोषणा गरेको थियो । विश्वका विभिन्न देशमा १५ अक्टुवरका दिनलाई ग्रामीण महिलाको रूपमा दिवस मनाउने गरेका छन् ।
नेपालमा २०१४ मा विभिन्न सरोकारवालाहरु संगको सहकार्यमा राष्ट्रिय कृषक समुह महासंघ नेपालले यस दिवस मनाउन सुरु गरेका छन् ।
ग्रामीण महिलाहरुलाई घरको काम बाहेक आय आर्जन मुलक काममा सहभागिता गराई गरीबी न्यूनीकरणमा टेवा पुर्याउने उदेश्यले महासंघले क्रमिक रूपमा दिवस मनाउन थालेका हुन् ।महासंघले क्रमिक रूपमा ग्रामिण क्षेत्र र ग्रामिण महिला लक्षित गरी दिवस मनाउने गरेका छन् ।
आइतबार सिरहाको भगवानपुरमा प्रभात फेरी कार्यक्रम गरी १६ औं अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस एवं ४३ औं बिश्व खाध दिवस मनाएका परियोजना अधिकृत दिलिप कुमार साहले जानकारी दिनु भयो । कार्यक्रमको प्रमुख अतिथि मधेस प्रदेश सरकारको कृषि मन्त्री गोबिन्द प्रसाद न्यौपानेले किसानलाई अनुदान दिनु सुस्त गर्नु हो ।हामीले समाजलाई दुध गाउँ बनाउनमा जोड दिदै आफुले प्रत्येक किसानले घर घरमा गाई र भौसी पालन हुनुपर्नेमा जोड दिएका थिए ।
बिशिस्ट अतिथि पालिका अध्यक्ष उग्र नारायण यादवका अनुसार आफू बिगतमा पनि दलित समुदायलाई उकास्न राष्ट्रिय कृषक समुह महासंघ नेपाललाई आफुले सके सहयोग गरे कै कुरामा जोड दिनु भयो । आफू स्वम स्थानीय सरकारको जिम्मेवारी पाए पछी भगवानपुर गाउँपालिकामा गरेको करार खेतीको जग्गा मुआवज़ा पालिकाले तिर्दै आएको बताए ।