https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राजेश सिंह
महाेत्तरी, असाेज २९ गते ।
महाेत्तरीमा रतौली युवा क्लब (RYC) काे ३२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साेमबार रताैली युवा क्लबले जिल्ला समन्वय समिति जलेश्वरकाे सभाहलमा एक कार्यक्रम गरि ३२ औं वार्षिक साधारणसभा सम्पन्न गरेको हाे ।

कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले याे संस्था महाेत्तरीमा मात्र नभए धनुषा लगायत प्रदेश मै सबभन्दा राम्रो काम गरिरहेको छ । अहिलेकाे समयमा जतिपनि NGO संस्थाहरु छन् । त्यसको तुलनामा यो संस्थाले उत्कृष्ट रुपमा काम गरिरहेको पाएको छ । साथै याे संस्था समाजमा पनि स्थापित भएको छ । अहिलेकाे समयमा धेरै येस्तो NGO संस्थाहरु छन । जाे कागज मै सिमित छन् । उहाँले बताए ।

अर्को कुराे येस्तो NGO संस्थाहरु सरकारकाे सहयोगीकाे रुपमा कार्य गरिरहेकाे छ । र येस्तो संस्थालाई मुनाफा रहित स्वंय सेवी गैरसरकारी संस्थाकाे रुपमा सरकारले दर्ता गरेको छ । समाजमा ग्राउन्ड लेबलमा रहेका व्यक्ति तथा परिवारहरुलाई सबल अर्थात माथि उकास्ने काम गर्छ । सरकारकाे सबै ठाउँ ध्यान जान सकेको हुँदैन तेस्तो ठाउँहरुमा पुगेर NGO/INGO संस्थाहरुले काम गर्दै आईरहेकाेले येस्तो संस्थालाई पु:न धन्यवाद छ । उनले भन्ने ।

महाेत्तरी जिल्लाको एउटा प्रमुख विकास साझेदारको रुपमा याे रताैली युवा क्लबले काम गरिरहेको हुदाँ यो सस्थाको आवश्यकता यो जिल्लालाई निरन्तर रहने छ । अहिले पनि धेरै कामहरु गर्न बाँकी छ र समाजलाई परिवर्तन गर्न अहम भुमिका खेलेकोले विशेष धन्यवाद छ जिल्ला समन्वय समितिका सभापति: सुमन कर्णले बताएका छन् ।

संस्थाले संचालन गरेको कार्यहरु मध्ये तराई क्षेत्र खुलादिशा मुक्त अभियान, पुर्ण सरसफाइ अभियान, गरिबी निवारणकाे लागि लघु उधम विकास कार्यक्रम, विधालयहरुमा फ्रि:काेचिङ संचालन, ग्रामीण खानेपानी तथा सरसफाइ सुधार आयाेजना, समुन्नति कार्यक्रम लगायत दर्जनौं भन्दा बढी कार्यक्रमहरु सफल भएका रताैली युवा क्लबका निर्देशक: चाैधरीले जनाउनुभयो ।

रताैली युवा क्लब (RYC), महाेत्तरी एउटा मुनाफा रहित स्वंमसेवी गैरसरकारी संस्था हाे । याे संस्थाले वि.स.२०४७ साल देखि ग्रामीण क्षेत्रका युवा जनशक्तिलाई परिचालन गराउने हेतुले ग्रामीण समुदायहरुकाे आर्थिक, सामाजिक, सास्कृतिक र शारीरिक विकासार्थ स्वाबलम्बन, पारस्परिक सहयोग र नैतिकतालाई जनजिवनमा आधारित तथा जनताप्रति जवाफ देहिता तथा अधिकारकाे लागि प्रतिबद्व समुदायद्वारा स्थापित भई वि.स.२०४७ माघ २४ गते जिल्ला प्रशासन कार्यालय, महाेत्तरीमा दर्ता भई वि.स. २०५० बैशाख ९ गते समाज कल्याण परिषद, लैनचौर काठमाडौं लगायत विभिन्न संस्थागत संजालहरुमा आबद्व भएर कामहरु गरिरहेकाे निर्देशक चाैधरी बताए ।

उक्त कार्यक्रममा प्रमुख अतिथि मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल, विशिष्ट अतिथि श्रम तथा यातायात मन्त्री : चन्दन कुमार सिंह, अतिथि जिल्ला समन्वय समितिका सभापति सुमन कर्ण, जिल्ला प्रशासनका प्रमुख, जिल्ला प्रहरी कार्यालयका प्रमुख, जलेश्वर नगरपालिकाका उपमेयर, रेडक्रस महाेत्तरीका दिपक मिश्र, सेभ द चिल्ड्रेनका प्रतनिधि, जिल्ला विभिन्न स्थानीय तहका प्रतिनिधि तथा वडा अध्यक्षहरु, रताैली युवा क्लबकाे अध्यक्ष, उपाध्यक्ष लगायत पदाधिकारीहरु, विभिन्न प्राेजेक्टमा कार्यरत कर्मचारीहरु, विद्यालयका प्रधानाध्यापकहरु, संचारकर्मी, समाजसेवीहरु, लगायत विभिन्न सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार