https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

बिबेक कुमार महतो
गौशाला : महोत्तरीको गौशालामा जिल्ला स्तरीय नकआउट क्रिकेट टुर्नामेन्ट बुधबारबाट शुरु हुने भएको छ ।

गौशाला नगरपालिका वडा नम्बर १० स्थित रहेको खेल मैदानमा कार्तिक १ गते देखि उषा ईन्जिनियरिङ्ग कन्सलटेन्सी प्रा.लि.को आयोजना र गौशाला नगरपालिका साथै विभिन्न संघ संस्था, खेल प्रेमीहरुको विशेष सहयोगमा जिल्ला स्तरीय नकआउट क्रिकेट टुर्नामेन्ट हुन लागेको हो ।

नेपालीहरुको महान चाड दशैं, दिपावली तथा छठ पर्वको शुभ अवसरमा आयोजित खेल कार्तिक १ गतेदेखि १० गतेसम्म संचालन हुने खेलमा ३२ टिम सहभागि हुने, खेलको उद्घाटन प्रमुख अतिथि गौशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महतो साथै विशिष्ट अतिथि जसपा नेपालका नगर अध्यक्ष कुमरकान्त झाले गर्ने आयोजक संस्थाका सञ्चालक ई.संजित कुमार महतोले जनाएको छ ।

टुर्नामेन्टमा प्रथम स्थान ल्याउने टिमलाई ५० हजार रुपैयाँ र सिल्ड साथै प्रमाण पत्र त्यस्तै द्रोस्रो स्थान ल्याउने टिमलाई ३० हजार रुपैयाँ र सिल्ड साथै प्रमाण पत्र दिईने आयोजक टिमले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट