https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गौशाला : असोज ७ गते महाेत्तरीकाे गौशालाबजारबाट ६ लाख ३६ हजार रकम लुटेको आरोपमा एक युवक पक्राउ गरेको छ । र्ईलाका प्रहरी कार्यालय गौशालाले रकम लुटेको आरोपमा एकजना युवकलाई पक्राउ गरेको हाे ।

असोज ७ गतेका दिन गौशाला बजारबाट ६ लाख ३६ हजार रुपैयाँ लुटपाटमा सलग्न सर्लाही जिल्ला मलगंवा नगरपालिका ५ मा डेरा लिई बस्दै आएको २९ वर्षिय रमेश सहनीलाई नियन्त्रणमा लिएका छन्  ।

प्रहरी निरीक्षक मनोजकुमार यादवले दिएको जानकारी अनुसार सहनीले गौशाला नगरपालिका ११ भरतपुरखोरका सुर्जकला देवी महतोको साथबाट सो रकम लुटिएको आरोपमा पक्राउ गरेको हो ।

सहनीलाई गौशाला नगरपालिका ७ को सीमामा पर्ने बाँके खोलाबाट नियन्त्रणमा लिएको हो । ओखलढुगाबाट शम्भु महतोले पठाएको सो रकम गौशालास्थित एनआईसी एसिया बैंकबाट निकालिएर घरतर्फ जाने क्रममा सहनीले रकम लुटिएको प्रहरी निरीक्षक यादवले जानकारी दिएका छन् ।

अल्फावेटिकल खुल्न नसकेको ७०५९ नम्बरको मोटरसाईकलमा रकम खोसी भागेको दृश्य सिसिटीभीमा कैद भएको र सो क्रममा अनुसन्धान गर्दा उनलाई पक्राउ गर्न सफल भएको यादवले बताए । प्रहरी नियन्त्रणमा रहेको सहनीउपर थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार