राजेश सिंह
गाैशाला, कार्तिक १ गते ।
महाेत्तरीकाे गाैशालामा आउँदो आर्थिक वर्षमा गाैशाला क्रिकेट एकेडेमी संचालन गर्ने : मेयर डा. दिपेन्द्र महताेले घाेषणा गरेको छ । गाैशाला नगरपालिकामा आउँदो आर्थिक वर्षमा गाैशाला क्रिकेट एकेडेमी संचालन गर्ने घाेषणा मेयर डा. दिपेन्द्र महताेले गरेको हाे ।
गौशाला नगरपालिका १० स्थित बटाैवामा आयाेजित जिल्ला स्तरीय नकआउट क्रिकेट टुर्नामेन्टकाे उद्वाटन सत्रलाई सम्बाेधन गर्दै मेयर डा. दिपेन्द्र महताेले अहिलेकाे समयमा युवाहरुलाई लागुऔंषधकाे कुलतबाट बचाउन खेलकुदकाे अति आवश्यक रहेकोले आउँदो आर्थिक वर्षमा खेलमैदान सहितको गाैशाला क्रिकेट एकेडेमीको स्थापना गर्ने मेयर डा. महताेले बताउनुभयो ।
गौशाला नगरपालिका १० स्थित बटाैवामा रहेको खेल मैदानमा आजदेखि उषा ईन्जिनियरिङ्ग कन्सलटेन्सी प्रा.लि.को आयोजना र गौशाला नगरपालिका साथै विभिन्न संघ संस्था तथा खेल प्रेमीहरुको विशेष सहयोगमा जिल्ला स्तरीय नकआउट क्रिकेट टुर्नामेन्ट प्रतियोगिता सुरु भएका छन् ।
नेपालीहरुको महान चाड दशैं, दिपावली तथा छठ पर्वको शुभ अवसरमा आयोजित खेल आज कार्तिक १ गतेदेखि १० गतेसम्म संचालन हुने खेलमा ३२ वटा टिम सहभागि हुने आयोजक संस्थाका सञ्चालक ई.संजित कुमार महतोले बताए ।
टुर्नामेन्टमा प्रथम स्थान ल्याउने टिमलाई ५० हजार रुपैयाँ र सिल्ड साथै प्रमाण पत्र त्यस्तै द्रोस्रो स्थान ल्याउने टिमलाई ३० हजार रुपैयाँ र सिल्ड साथै प्रमाण पत्र दिईने आयोजक टिमले जनाएको छ ।